टेकपाना
जेठ १३, २०८२ १८:२९
काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ ब्रान्डअन्तर्गतका नामी र सेरेस ईभीहरूका लागि ‘इज अन वालेट’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।
जेठ ११ देखि १५ गतेसम्म लागु हुने यस अफरअन्तर्गत ग्राहकले यी ब्रान्डका ईभी किफायती मूल्यमा खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो अफर नेपालभरका सबै नामी र सेरेस शोरुमहरूमा उपलब्ध हुनेछ ।
योजनाअन्तर्गत ग्राहकले निम्न सुविधा प्राप्त गर्नेछन्:
७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर
एक वर्षको अटो प्लस बीमा
एक वर्षको सवारी कर
निःशुल्क एक्सेसरिज
प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार
हरेक बुकिङमा माउन्टेन फ्लाइटको अवसर
यस योजना अवधिभर बुकिङ गर्ने चार भाग्यशाली ग्राहकले हेलिकप्टरमार्फत अन्नपूर्ण बेस क्याम्पसम्मको अविस्मरणीय यात्रा जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १८:४२