close

विश्वव्यापी रूपमा क्यान्भाको सेवा डाउन

टेकपाना टेकपाना

जेठ १२, २०८२ १२:५९

विश्वव्यापी रूपमा क्यान्भाको सेवा डाउन

काठमाडौँ । अनलाइन डिजाइनिङ प्लेटफर्म क्यान्भाको सेवा विश्वव्यापी रूपमा अवरुद्ध भएको छ । नेपाली समय अनुसार सोमबार दिउँसो करिब १२ बजेदेखि यसका प्रयोगकर्ताले सेवामा समस्या आएको गुनासो सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् ।

अहिले क्यान्भाको मोबाइल एप तथा वेबसाइट दुवैले राम्रोसँग काम गरिरहेका छैनन् । प्रयोगकर्ताहरूका अनुसार एप खोल्न खोज्दा ‘एप खुल्न समय लागिरहेको छ’ (App is taking time to load) भन्ने नोटिस देखिने र वेबसाइटमा ‘कनेक्सन टाइमआउट’ (Connection timed out) जस्ता त्रुटि देखा परिरहेका छन् ।

अनलाइन सेवाको अवरोध ट्रयाक गर्ने प्लेटफर्म 'डाउन डिटेक्टर'ले पनि क्यान्भामा विश्वव्यापी रूपमा समस्या आएको पुष्टि गरेको छ । डाउन डिटेक्टरका अनुसार पनि नेपाली समय सोमबार मध्याह्न १२ बजेदेखि नै क्यान्भाका सेवाहरू प्रभावित भएका हुन् ।

क्यान्भाले आधिकारिक रूपमा यस समस्याबारे हालसम्म कुनै विज्ञप्ति वा जानकारी सार्वजनिक गरेको छैन । सेवा अवरुद्ध हुँदा विश्वभरका लाखौं डिजाइनर, विद्यार्थी तथा अन्य प्रयोगकर्ता प्रभावित भएका छन् । खासगरी विद्यार्थी र सोसल मिडिया मार्किङका पेसेवरमाझ क्यान्भा चर्चित छ । क्यान्भा कसरी सुरु भयो भन्नेबारे विस्तृतमा पढ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १५:१०