काठमाडौँ । सिंहदरबारमा बुधबार दिउँसो दुई घण्टा बढी विद्युत सेवा अवरुद्ध भएको छ । फिडर लाइनमा काग र लोखर्के जुधेर शर्ट सर्किट हुँदा त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार दिउँसो करिब १ बजेदेखि दुई घण्टा बढी सेवा अवरुद्ध भएको थियो । घटनास्थलबाट मरेका काग र लोखर्के हटाएपछि विद्युत सेवा पुनः सञ्चालनमा आएको उनले जानकारी दिए ।
विद्युत सेवा अवरुद्ध हुँदा सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र सरकारी निकायहरूको नियमित कामकाज प्रभावित भएको थियो । कम्प्युटर, इन्टरनेट र अन्य विद्युतीय उपकरणहरू सञ्चालन नहुँदा सेवा प्रवाहमा असर पुगेको बताइएको छ ।