close

जेमिनाई २.५ प्रोमा नयाँ अपडेट, कोडिङ र सोच्ने क्षमता अब्बल रहेको दाबी

टेकपाना टेकपाना

जेठ २३, २०८२ १२:३८

जेमिनाई २.५ प्रोमा नयाँ अपडेट, कोडिङ र सोच्ने क्षमता अब्बल रहेको दाबी

काठमाडौँ । गुगलले आफ्नो नयाँ एआई मोडेल जेमिनाई २.५ प्रो अपडेट गरी सार्वजनिक गरेको छ । यो संस्करण पहिलेभन्दा थप सशक्त र बौद्धिक रहेको भन्दै कम्पनीले कोडिङका जटिल कार्यमा अन्य प्रतिस्पर्धी मोडेलभन्दा उत्कृष्ट भएको दाबी गरेको छ ।

यो अपडेटेड संस्करण हाल गुगलको एआई डेभलपर प्लेटफर्म एआई स्टुडिओ, भर्टेक्स एआई र जेमिनाई एपमा उपलब्ध छ भने केही सातामा सबैका लागि सार्वजनिक रूपमा उपलब्ध हुने जानकारी दिइएको छ ।

गुगलका अनुसार नयाँ जेमिनाई २.५ प्रोले प्रयोगकर्ताका अघिल्ल‍ा प्रतिक्रियालाई ध्यानमा राख्दै जवाफको शैली र संरचनामा सुधार ल्याएको छ । कोड एडिटिङमा यसले ८२.२ प्रतिशतको प्रदर्शन देखाएको छ भने गणित (AIME 2025) मा ८८ प्रतिशत र विज्ञान (GPQA) मा ८६.४ प्रतिशतको नतिजा ल्याएको छ ।

जटिल ज्ञान र तर्कशक्ति परीक्षण (Humanity’s Last Exam) मा पनि यसले २१.६ प्रतिशत स्कोर गर्दै अन्य मोडेलभन्दा अग्रस्थान कायम राखेको गुगलको दाबी छ ।

जेमिनाई २.५ प्रोको इनपुट मूल्य प्रति मिलियन टोकन १‍.२५ डलर तोकिएको छ भने आउटपुट मूल्य १० डलर रहेको छ । यसमा भिजुअल र भिडिओ बुझाइ, लामो सन्दर्भ सम्हाल्ने क्षमता र बहुभाषिक प्रदर्शनमा समेत सुधार देखिएको कम्पनीको भनाइ छ ।

गुगलले यो मोडेल अब इन्टरप्राइज स्तरको प्रयोगका लागि समेत उपयुक्त बनाइएको र यसमा थिङ्किङ बजेट (thinking budgets) जस्ता सुविधा समावेश गरिएको जनाएको छ । यसले डेभलपरलाई लागत र समय बचाउन सजिलो बनाउने विश्लेषण गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १३:११