close

डिजिटल मुद्राको कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सीआईबीलाई पत्राचार

टेकपाना टेकपाना

असोज १२, २०७७ १६:३४

डिजिटल मुद्राको कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सीआईबीलाई पत्राचार

काठमाडौं । उद्योग मन्त्रालयले पाई लगायतका पाँच वटा डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्रचार गरेको छ ।

उनीहरुलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न भन्दै मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सीआईबीलाई पत्राचार गरेको हो ।

त्यस्ता नेटवर्कले गैरकानूनी रुपमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य गरिरहेको विभागले उल्लेख गरेकाे छ ।

पत्रमा यो विषयमा हाल अध्ययन भइरहेको र थप छानबिनका लागि कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराइदिन सीआईबिलाई आग्रह गरिएको छ ।

विभागले उनीहरुको नाम र फोन नम्बरसहित सीआईबिलाई पत्राचार गरेको छ ।

विभागले पठाएको पत्रमा वान कोइन डिजिटल करेन्सीका गोविन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्नकाजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्णकुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आबद्ध परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०