close

युगद्रष्टा एप सार्वजनिक, निर्मलमणि अधिकारीका पुस्तक निःशुल्क पढ्न पाइने

टेकपाना टेकपाना

मंसिर २४, २०७७ ११:२७

युगद्रष्टा एप सार्वजनिक, निर्मलमणि अधिकारीका पुस्तक निःशुल्क पढ्न पाइने

काठमाडौं । फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले ‘युगद्रष्टा एप’ सार्वजनिक गरेको छ । डा. निर्मलमणि अधिकारीद्धारा लिखित चर्चित पुस्तकलाई समेटेर कम्पनीले उक्त एप सार्वजनिक गरेको हो ।

यससँगै युगद्रष्टा एप मार्फत अधिकारीद्धारा लिखित विभिन्न पुस्तक निःशुल्क पढ्न पाइने भएको छ ।युग बोध गरी युगमा आइपर्ने समस्याको आँकलन गर्न सकिनुका साथै समस्याको समाधान पनि सुझाएका कारण अधिकारीलाई युग निर्माण अभियान नेपालले ‘युगद्रष्टा’को संज्ञा दिएको छ ।

त्यसैले उक्त नाममै एप सार्वजनिक गरिएको फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बताएका छन् । उक्त एप कम्पनीका संस्थापक तथा सीईओ इन्जिनियर विक्कि महतको नेतृत्वमा निःशुल्क बनाइएको हो ।

सोडारीका अनुसार एपमा अधिकारीद्धारा लिखित नयाँ र वर्तमान समयमा सान्दर्भिक एक दर्जन भन्दा बढी पुस्तक निःशुल्क उपलब्ध गराइएको छ । जसमा राजनीतिक सिद्धान्त पहिलो संस्करण राज्य राष्ट्र नेपाली भाषा, नेपाल भाषा, भोजपुरी भाषा, मैथली भाषा, राज्य राष्ट्र द्रोस्रो संस्करण, महान् दार्शनिक कुमारिल भट्ट र भाट–मिमांसा–दर्शनको संक्षिप्त परिचय, वैज्ञानिक सत्य युगको आधारशीला जस्ता विभिन्न पुस्तक रहेका छन् ।

एपमा अघिकारीको परिचयका साथै उनले गरेका महत्वपूर्ण कार्यहरुको जानकारी समेत उपलब्ध छ । हालसम्म अघिकारीले गरेका प्राज्ञिक सोध तथा प्रतिपादित सिद्धान्तका बारेमा पनि एपमा जानकारी राखिएको कम्पनीले जनाएको छ ।

यो एप एन्ड्रोइड फोन प्रयोग कर्ताले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०