close

ड्राइभिङ लाइसेन्सको परीक्षा अर्को सातादेखि खुल्दै, अनलाइनबाटै आवेदन दिन सकिने

टेकपाना टेकपाना

पुस ७, २०७७ १८:५४

ड्राइभिङ लाइसेन्सको परीक्षा अर्को सातादेखि खुल्दै, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडाैं । लामाे समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को परीक्षा अर्काे सातादेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागले दिएकाे जानकारी अनुसार सातै प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी भइरहेकाे छ ।

काेराेना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रकाे लिखित र ट्रायल परीक्षा स्थगित गरेकाे थियाे ।

लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए।

उनका अनुसार अर्काे साता पुस १५ पछि चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सवारी साधनको परीक्षा खुल्ने गरी तयारी भइरहेको छ । यसअन्तर्गत सातै प्रदेशमा एकैपटक अनलाइन र  प्रयोगात्मक परीक्षा (ट्रायल) खुलाइनेछ ।

भुसालका अनुसार अनलाइन प्रणालीबाट परीक्षा लिने गरी आवेदन खुला गर्ने भएपनि परीक्षा लिने र ट्रायल गराउन सक्ने आधारमा दैनिक परीक्षाको कोटा भने सम्बन्धित यातायात कार्यालयले नै तोक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०