close

रियलमीको फ्ल्यागशिप फोन ‘जीटी नियो २’ नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ १६:३०

रियलमीको फ्ल्यागशिप फोन ‘जीटी नियो २’ नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । चिनियाँ ब्राण्ड रियलमीले नेपाली बजारमा ‘जीटी’ सिरिज अन्तर्गत ‘रियलमी जीटी नियो २’ सार्वजनिक गरेको छ । यो फ्लागशिप फोनमा प्रविधिप्रेमीका लागि नवीन प्रविधि र आकर्षक डिजाइनसहितका विशेषता रहेको कम्पनीले जनाएको छ ।

यो फोनमा क्वालकम स्नापड्रागन ८७० मोबाइल प्लेटफर्म र परिष्कृत कुलिङ्ग सिस्टम दिइएको छ । फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको ६।६२ इन्चको फुल एचडी प्लस ई४ एमोलेड डिस्प्ले छ ।

हाललाई ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा मात्र उपलब्ध यो फोन १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले फोनमा ६५ वाट फास्ट चार्जिङसहित ५००० एमएएचको ब्याट्री दिएको छ ।

साथै फोनमा ६४ मेगापिक्सेलको मुख्य लेन्स छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल र २ मेगापिक्सेलको म्याक्रो सेन्सर छ । सेल्फीका लागि १६ मेगापिक्सेलको लेन्स दिइएको छ ।

नेपाली बजारमा यो फोनको मूल्य ५४,१९९ रुपैयाँ तोकिएको छ । तर ग्राहकले भने सुरुवाती मूल्यको रुपमा ५१,१९९ रुपैयाँमा यो फोन खरिद गर्न सक्नेछन् ।

फोनको अग्रिम बुकिङ बिहिबारदेखि अनलाइन माध्यममा सुरु हुनेछ भने अनलाइन स्टोर दराजको ११.११ सेलको अवसरमा दराज एपबाट थप छुटसहित यो फोन बुकिङ गर्न सकिनेछ ।

कम्पनीका अनुसार कात्तिक २८ गतेदेखि भने भौचर तथा बैंकिङ छुटमा वितरण सुरु हुनेछ तथा अफलाइन ग्राहकले कात्तिक २७ गतेदेखि अग्रिम बुकिङ गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो फोन चिनियाँ बजारमा १० लाखभन्दा धेरै बिक्री भइसकेको छ । रियलमी नियो जिटी २ नियो ब्ल्याक र नियो ग्रिन गरी दुई रंगमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१