close

ट्वाइलेट बिग्रिएपछि स्पेसएक्सका अन्तरिक्ष यात्रीलाई डाइपर

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ १२:१३

ट्वाइलेट बिग्रिएपछि स्पेसएक्सका अन्तरिक्ष यात्रीलाई डाइपर

काठमाडौं । अन्तरिक्षयानको ट्वाइलेट बिग्रिएपछि स्पेसएक्सका अन्तरिक्ष यात्रीहरूले डायपर प्रयोग गर्नुपरेको छ । गएको छ महिनादेखि अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका चारजना अन्तरिक्ष यात्रीहरू आज पृथ्वीमा फर्कदैछन् ।

आफ्नो सफल अन्तरिक्ष यात्रा पश्चात पृथ्वी फर्कने समयमा यानको ट्वाइलेटमा समस्या देखिएपछि उनीहरू डायपर लगाउन बाध्य भएका हुन्।

६ महिना लामो बसाइँपछि अन्तरिक्ष यात्रीहरू रिप्लेस गर्ने तयारी भइरहदा यानमा ट्वाइलेट लिक भएको देखिएको थियो । दुई सय १० दिनसम्म बस्नको लागि अनुमति पाएको सो यान दुई सय दिन पुरा गरेर फर्कँदैछ ।

स्पेसएक्सले सरोकारवालाहरू सँगको लामो छलफल पछि निर्धारित समय भन्दा अगावै अन्तरिक्षयात्रीहरूलाई फर्काउन लागेको हो । अन्तरिक्षयानको ट्वाइलेटमा खराबी सबैभन्दा पहिले स्पेसएक्सको सेप्टेम्बरमा भएको प्राइभेट उडानमा देखिएको थियो यद्यपि त्यो समयमा सोही समयमा समाधान भएको बताइएको थियो ।

यसैबीच रिप्लेसमेन्टको लागि पठाइने भनेको यान पनि मौसमी खराबीका कारण केही समय ढिला हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५