close

१४ हजार स्थानमा पुग्यो वर्ल्डलिङ्कको फ्रि वाई-फाई

टेकपाना टेकपाना

पुस २७, २०७८ १४:२८

१४ हजार स्थानमा पुग्यो वर्ल्डलिङ्कको फ्रि वाई-फाई

काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको फ्री वाई-फाई देशभर १४ हजार भन्दा बढी स्थानमा पुगेको छ । कम्पनीले कोभिड १९ का बावजुद पब्लिक वाई-फाई विस्तारलाई निरन्तरता दिएको हो ।

वर्ल्डलिङ्कले देशभर ३० हजार स्थानमा पब्लिक  वाई-फाईको रुपमा फ्री वाई-फाई विस्तार गर्ने योजना गत वर्ष नै अगाडि सारेको थियो । त्यसमध्ये हालसम्म कम्पनीले १४ हजार स्थानमा फ्री वाई-फाई जडान सम्पन्न गरिसकेको वर्ल्डलिङ्कका सीईओ केशव नेपालले जानकारी दिए ।

जसमा क्याफे, रेस्टुरेन्ट, होटेल, अस्पताल, प्रहरी चौकी लगायतका सार्वजनिक स्थान रहेका छन् । बाँकी स्थानमा अबको डेढ वर्षभित्र फ्री  वाई-फाई राख्ने योजना सम्पन्न गरिने बताइएको छ ।

देशभर उपलब्ध वर्ल्डलिङ्कको पब्लिक वाई-फाईमा प्रत्येक दिन ५०० एमबी डेटा निःशुल्क रहेको छ भने आफ्नो ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने ग्राहकलाई उसले अनलिमिटेड डेटा दिँदै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२