close

लुकिलुकी इन्टरनेटमा पोर्न हेर्ने गर्नुभएको छ ? ठगीमा पर्नुहोला, ख्याल गर्नुहोस्

टेकपाना टेकपाना

माघ ११, २०७८ १७:१३

लुकिलुकी इन्टरनेटमा पोर्न हेर्ने गर्नुभएको छ ? ठगीमा पर्नुहोला, ख्याल गर्नुहोस्

 काठमाडौं । इन्टरनेटको दायरा बढ्दै जाँदा अनलाइनबाट हुने ठगी समेत बढ्दै गएको छ । कम्प्युटर तथा मोबाइलमा निलो अर्थात अश्लील चलचित्र हेर्ने प्रयोगकर्तालाई ठगीको शिकार बनाउने स्क्यामरको तरिका पुरानै हो ।

यद्यपि हालैको एउटा रिपोर्ट अनुसार पोर्न साइटमा प्रयोगकर्तालाई एउटा नक्कली पप-अप (एक प्रकारको बक्स) देखिन्छ । जसमा चेतावनीको भाषामा भनिएको हुन्छ, ‘पोर्न भिडिओ हेरेका कारण तपाईँको ब्राउजर लक गरिएको छ’ ।

एकजना सेक्युरिटी रिसर्चरले यस किसिमको ठगीको विषयलाई लिएर सचेत रहन आग्रह गरेका छन् । सन्दिग्ध यूआरएलको माध्यमबाट ब्राउजरमा त्यस्तो एउटा पूरा पेज पपअप हुने गर्छ । ब्राउजर अनलक गर्नका लागि बदलामा पैसा माग्ने गरिन्छ ।

जसमा मास्टर कार्डमार्फत पैसा तिर्न भनिएको हुन्छ । छिमेकी देश भारतमा फैलिरहेको यस किसिमको स्क्याममा तपाईँ पनि पर्न सक्नुहुन्छ ।

त्यसो त नेपालमा सरकारले पोर्न साइटहरूमाथि प्रतिबन्ध लगाएको छ । तर पनि विभिन्न तौरतरिका अपनाएर पोर्न देख्नुहुन्छ भने यस्ता पपअप आउँदा ब्राउजर विन्डो बन्द गरिदिनुहोस् । कम्प्युटरमा हुनुहुन्छ भने कन्ट्रोल, अल्ट र डिलिट बटन एकसाथ थिचेर टास्क म्यानेजरमा जान अथवा सोझै फोर्स शटडाउन पनि गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२