close

युजरनेम परिवर्तन गर्ने सुविधा उपलब्ध गराउँदै स्न्यापच्याट

टेकपाना टेकपाना

फागुन ६, २०७८ ११:३२

युजरनेम परिवर्तन गर्ने सुविधा उपलब्ध गराउँदै स्न्यापच्याट

काठमाडौं । फोटो शेयरिङ प्ल्याटफर्म स्न्यापच्याटले प्रयोगकर्तालाई युजरनेम परिवर्तन गर्न दिने भएको छ । यही फेब्रुअरीको अन्त्यमा कम्पनीले एपको नयाँ भर्सन सार्वजनिक गर्दैछ । सोही भर्सनमार्फत कम्पनीले प्रयोगकर्तालाई युजरनेम परिवर्तन गर्ने फिचर उपलब्ध गराउने भएको हो ।

हाल स्न्यापच्याटमा युजरनेम परिवर्तन गर्न चाहेको खण्डमा त्यसको कुनै विकल्प छैन् । यस्तोमा नयाँ युजर नेमको लागि नयाँ अकाउण्ट नै बनाउनु पर्ने वाध्यता छ । सोही समस्याको समाधानका रुपमा कम्पनीले नयाँ फिचर उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार यो सुविधा फेब्रुअरी २३ मा आईओएस तथा एन्ड्रोइड दुबै भर्सनमा उपलब्ध हुनेछ । त्यसपश्चात् युजरनेम परिवर्तन गर्न स्न्यापच्याट खोली दायाँ भागको माथि रहेको ‘सेटिङ’ बटनमा क्लिक गरी ‘युजरनेम’ मा क्लिक गरेर ‘चेन्ज युजरनेम’ मा क्लिक गरी परिवर्तन गर्न सकिन्छ ।

यसरी युजरनेम परिवर्तन गर्दा तपाईंको कन्ट्याक्ट, स्न्यापकोड, स्न्याप स्कोर तथा मेमोरिजमा कुनै असर नपर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२