close

चर्चित गेम फ्री फायरका ३ युट्युव च्यानल ह्याक

टेकपाना टेकपाना

चैत २३, २०७८ १२:५१

चर्चित गेम फ्री फायरका ३ युट्युव च्यानल ह्याक

काठमाडाैं । गरिना फ्री फायरका तीन युट्युव च्यानल ह्याक भएका छन् । यसअन्तर्गत  फ्री फायर ई-स्पोर्टस इन्डिया, फ्री फायर इन्डिया अफिसियल र गरिना फ्री फायर च्यानल ह्याक भएका हुन् ।

ह्याकरले फ्री फायर ई-स्पोर्टस इन्डिया च्यानलको नाम परिवर्तन गरी कार्डानो अफिसियल नाम राखेका छन् । साथै फ्री फायर बङ्गलादेश च्यानलको नाम परिवर्तन गरेर इथेरियम सीईओ राखिएको छ ।

तर फ्री फायर इन्डिया अफिसियल च्यानलको भने कुनै अत्तोपत्तो छैन ।

फ्री फायर ईस्पोर्टस इन्डिया च्यानलमा करिब ८० लाख सब्स्क्राइबर रहेका थिए । त्यस्तै गरिना फ्री फायर बङ्गलादेश च्यानलमा १० लाखभन्दा धेरै सब्स्क्राइबर थिए ।

ह्याकरले युट्युवबाटै हटाएको च्यानल फ्री फायर इन्डिया अफिसियल च्यानलमा भने एक करोडभन्दा धेरै सब्स्क्राइबर थिए ।

ह्याक भएका च्यानलमा भएका सबै भिडिओ तथा प्ले लिस्ट हटाइएकाे छ । साथै यी च्यानलमा बिहान ह्याकरले बिटक्वाइन सम्बन्धी लाइभ समेत गरेका थिए ।

यसरी लगातार एकपछि अर्को युट्युव च्यानल ह्याक हुँदा यसले युट्युवको सुरक्षा प्रणालीलाई नै कडा चुनौती दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५