close

यसरी टुटेको  थियो विश्वकै पहिलो इलेक्ट्रिक कारको सपना 

टेकपाना टेकपाना

बैशाख १२, २०७९ १०:५९

यसरी टुटेको  थियो विश्वकै पहिलो इलेक्ट्रिक कारको सपना 

काठमाडौं । सन् १९९६ मा इलेक्ट्रिक कारको बारेमा परिकल्पना गरिएको थियो, त्यो बन्यो र सडकमा उत्रियो, तर उक्त सपना टुट्यो । प्रियस र टेस्ला भन्दा पहिले सन् १९९६ मा कार निर्माता कम्पनी जनरल मोटर्सले पहिलो पटक भारी मात्रामा इलेक्ट्रिक कार निर्माण गरेको थियो ।

त्यसका लागि दशकौँ समय र अर्बौँ डलर खर्च भएको थियो । यो विश्वकै ठूलो स्तरमा निर्मित इलेक्ट्रिक कार थियो । यो कार मानिसहरूले धेरै मन पनि पराए । भारी मात्रामा उत्पादन भयो र बिक्री पनि, तर पनि ती कार नष्ट गर्नुपर्‍यो ।

आज हामी तपाईँलाई एउटा इलेक्ट्रिक कारको सपना कसरी टुट्यो भन्ने विषयमा चर्चा गर्दै छौँ । रिसर्च इन्जिनियर भेलि रिपर भन्छन्, ‘६० को दशकमा म क्यालटेकमा एक विद्यार्थी थिएँ ।

त्यसताका प्रदुषणका कारण अँधेरो यति धेरै हुने गर्दथ्यो कि खुशी हुँदा पनि मान्छेहरूको आँखाबाट आँशु बग्ने गर्थ्यो । यसको कुनै प्राविधिक समाधान हुनसक्छ कि भनेर म सोच्ने गर्थेँ ।’

त्यस दौरान प्रदुषण कम गर्ने उपायको विषयमा चर्चा समेत चलिरहेको थियो । त्यसमा एउटा उपायको रुपमा गाडीबाट निस्किने प्रदुषण कम गर्नुपर्ने कुरा पनि थियो । इलेक्ट्रिक कार पेट्रोलबाट चल्ने गाडीको विकल्प हुनसक्ने थियो ।

इलेक्ट्रिक कारका लागि १९८५ मा ‘इलेक्ट्रोस्प्रिट’ प्रस्ताव अगाडि सारिएको थियो । तर त्यसले फन्ड प्राप्त गर्न सकेन । भलै उक्त प्रस्ताव असफल भयो, तर पछि एउटा अर्को प्रयास थालियो । 

कसरी बन्यो पहिलो इलेक्ट्रिक कार ? 

सन् १९८७ मा जनरल मोटर्सले अन्य कम्पनीसँग मिलेर सौर्य ऊर्जाबाट चल्ने एउटा रेसिङ कार ‘सनरेसर’ बनायो । उक्त कारले सौर्य ऊर्जाबाट चल्ने विश्वकै पहिलो रेसमा रेसमा बाजी मार्‍यो ।

भ्यालि रिपर भन्छन्, ‘जीएम सनरेसर सौर्य ऊर्जाबाट चल्ने गाडीका लागि एउटा क्रान्तिकारी डिजाइन थियो । सनरेसरले यति राम्रो काम गरेको थियो कि यसले डेढ दिनमा रेस जितेको थियो । हामीलाई जनरल मोटर्ससँग भन्नुपर्‍यो कि हामीलाई उनीहरूसँग काम गर्नुपर्नेछ । त्यसपछि हामीले अर्को प्रस्ताव राख्यौँ, जसको नाम इम्प्याक्ट प्रपोजल थियो ।’

‘आइडिया के थियो भने एक गाडी बनाउनुपर्ने, जसको प्रयोग राम्रो हुनुका साथै त्यसलाई चलाउन समेत आनन्ददायी होस् । हामी यो निष्कर्षमा पुग्यौँ कि गाडीलाई आठ सेकेन्डमा ६० माइल अर्थात ९६ किलोमिटरभन्दा बढीको गति पकड्न सकिन्थ्यो ।’

‘यो स्तरको क्षमता कुनै पनि इलेक्ट्रिक काडीमा नेखिएन । म त्यस्तै केही ड्राइभ गर्ने सपना देखिरहेको थिएँ । त्यसको रफ्तार गज्जबको थियो । म त्यस समय निकै उत्साहित थिएँ किन कि हाम्रो सोच यथार्थ बनिरहेको थियो ।’

‘अमेरिकाको क्यालिफोर्नियामा हावाको गुणस्तरको विषयमा कडा नियम कानून थिए । तर लस एन्जल्सले त्यसलाई पूरा गर्न सक्ने स्थिति थिएन । क्यालिफोर्निया एयर रिसोर्सेज बोर्ड (कार्ब) लाई कारको बारेमा जानकारी भयो र बिक्री गरिएका कारमा दुई प्रतिशतदेखि शून्य उत्सर्जन हुनुपर्छ भन्ने कुरा अनिवार्य गरिदियो ।’

भ्यालि रिपर बताउँछन् कि मैले कार्बसँग बैठक गरेँ तर जनरल मोटर्सको नाम भनिनँ । ‘मैले बस यति भने कि एक ठूलो कार कम्पनी । उनीहरूलाई ‘फोर्ड’ हो भन्ने लागेछ । त्यसैले मैले भने कि होइन त्यो भन्दा पनि ठूलो ।’

क्यालिफोर्नियाँ एयर रिसोर्सेज बोर्डका डिन द्राचन्द भन्छन्, ‘मानिसहरूका लागि त्यस समय इलेक्ट्रिक कार गल्फ मैदानमा चलाउने गाडी नै हुने गर्थ्यो । त्यो दैनिक प्रयोजनका लागि थिएन । जनरल मोटर्सले ‘इम्प्याक्ट’मार्फत यदि सही दिशामा काम गर्ने हो भने तपाईँले एउटा राम्रो उत्पादन तयार पार्न सक्नुहुन्छ भन्ने कुरा साबित गरिदियो ।’

इलेक्ट्रिक कारको चर्चा अगाडि बढेपछि जेडईभी म्यान्डेटलाई प्रोत्साहन मिल्यो । जेडईभी म्यान्डेट कार निर्माताहरूको बिक्रीको एक त्यस्तो हिस्सा हिस्सा इलेक्ट्रिक कारको रुपमा हुनुपर्ने भन्ने थियो । जब यो नियम आयो, तब जनरल मोटर्सलाई इलेक्ट्रिक कार बनाउने पर्ने भयो र बजारमा ईभी वान आयो ।

मानिसहरूले यसलाई निजी तथा व्यवसायिक प्रयोजनका लागि त्यसलाई खरिद गर्न थाले । ड्राइभर ईभी वान प्रति महिना ५०० अमेरिकी डलरमा भाडाका लागि दिन सक्थे ।

भ्यालि रिपर भन्छन्, ‘यो गाडी चलाउने मानिसलाई मात्र नभएर यसले इन्जिनियरहरूलाई समेत कल्पनाको उडान दियो । अब उनीहरूले यो गाडी बनिसकेको सोच्नुपर्ने थियो । राम्रो छ तर यसलाई अझ राम्रो बनाउनका लागि के गर्न सकिन्छ ।’ 

किन फिर्ता गरिएका थिए इलेक्ट्रिक कार ? 

भ्यालि रिपरका अनुसार ईभी-वान बनाउनका लागि जनरल मोटर्सले अर्बौँ डलर खर्च गरेको थियो । यस्ता पनि मान्छे थिए, जो यसलाई चाँडोभन्दा चाँडो बन्द गराउन चाहन्थे ।

पेट्रोलबाट चल्ने कार निर्माता कम्पनीका लागि इलेक्ट्रिक कार उत्सर्जन मुक्त हुनुको फाइदाको विषयमा कुरा गर्न मुस्किल हुने गर्छ । किन कि यसप्रकार तपाईँले आफ्नो उत्पादन यो आवश्यकता अनुसार छैन भन्नुपर्ने हुन्छ ।

यसैबीच ईभी वान लाभदायक नहुने निष्कर्ष निकालियो । सन् २००४ मा सबै ईभी-वान कार फिर्ता बोलाएर नष्ट गरियो । कार धनीहरूबाट उनीहरूको कार फिर्ता लिन थालियो ।

त्यससँगै हलिउडमा एक शोक सभा समेत आयोजना गरिएको थियो । भ्यालि रिपरले त्यसबेला भनेका थिए, ‘मलाई लाग्छ कि एउटा देशको रुपमा हामीले गलत कदम उठाइरहेका छौँ । आशा छ कि हामीलाई यसको महसुस हुनेछ र हामी प्रगतिको दिशामा फेरि अगाडि बढ्ने छौँ ।’

उनी भन्छन्, ‘ईभी-वान नष्ट गर्ने अथवा इलेक्ट्रिक गाडीको कालकै अन्त्यले हामीलाई कार्बन उत्सर्जनबाट मुक्त गाडी बनाउने यो प्रविधि सङ्घर्षमा वर्षौँ पछि धकेलिदियो । कथम् कदाचित हामीले त्यसो नगरिदिएको भए ।’

‘हामीले पैसा खर्च गरेपनि हामीसँग एउटा दृष्टिकोण छ भनेर कसैले भन्न सकेको भए । मलाई लाग्छ कि आज टेस्ला जहाँ छ, जनरल मोटर्स त्यसभन्दा अगाडि हुने थियो ।’

-एजेन्सीको सहयोगमा 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२