close

एन्ड्रोइड फोनका लागि नथिङले सार्वजनिक गर्‍यो लञ्चर

टेकपाना टेकपाना

बैशाख १६, २०७९ १७:१

एन्ड्रोइड फोनका लागि नथिङले सार्वजनिक गर्‍यो लञ्चर

काठमाडौं । एन्ड्रोइड फोनलाई लक्षित गर्दै प्रविधि कम्पनी नथिङले गुगल प्ले स्टोरमा ‘नथिङ लञ्चर’ सार्वजनिक गरेको छ । कम्पनीले बेटा भर्सनको रुपमा एन्ड्रोइड लञ्चर सार्वजनिक गरेको हो । 

प्रविधिको क्षेत्रमा काम गरिरहेको कम्पनीले पछिल्लो समय एन्ड्रोइड स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । त्यसैलाई लक्षित गर्दै कम्पनीले प्रयोगकर्तामाझ लञ्चार सार्वजनिक गरेको हुन सक्ने आकलन गरिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यम जीएसएमएरिनाका अनुसार नथिङले सार्वजनिक गरेको एन्ड्रोइड लञ्चर अन्य एन्ड्रोइड लञ्चार जस्तै रहेको छ । यसमा एप आइकन गोलाकार र सिंगल कस्टम वालपेपर रहेको जनाइएको छ ।

लञ्चरमा क्लक तथा वेदरको विजेट पनि उपलब्ध रहेको छ । दुबै विजेटमा ‘म्याट्रिक्स टाइपोग्राफी’ तथा नथिङको लोगो रहेको छ । होमस्क्रीनमा रहेका एप तथा विजेटलाई लामो समयसम्म प्रेस गरेर आकार बढाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२