close

कीप्याड आफैं थिचिएर अरुलाई फोन कल जाने गरेको त छैन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख २५, २०७९ १६:१६

कीप्याड आफैं थिचिएर अरुलाई फोन कल जाने गरेको त छैन ? यसो गर्नुहोस्

काठमाडौं । खल्तीमा राखेको स्मार्टफोनको कीप्याड आफैं थिचिएर अरुलाई फोन कल गएको अनुभव तपाईंसँग पनि होला । यसलाई बट डायल भनिन्छ ।

यस्तो क्षण कहिलेकाहिँ एकदमै लाजमर्दाे बनाइदिन्छ । तपाईंको ब्यालेन्स पनि यस्तो बेला खेर गइरहेको हुन्छ । आज हामी तपाईंलाई बट डायलिङबाट बचाउने केही उपाय बताउने छौं ।

फोन लक गर्ने 

बट डायलिङबाट बच्ने सबैभन्दा पहिलो उपाय भनेको फोनलाई लक गर्नु नै हो । सामान्यत: मानिसहरु आफ्नो फोनलाई अनलक नगरी झोलामा राख्ने गर्छन् । स्क्रिन अफ नहुने हुँदा स्क्रिनमा जतासुकै थिचिएर फोन जाने, टेक्स्ट लेखिने हुनसक्छ । 

यसबाहेक फोनमा पासवर्ड तथा फिङ्गर वा फेस स्क्यानर राख्नुभयो भने यो बट डायलिङबाट बच्न अझ सजिलो हुन्छ । 

‘ट्याप टु वेक’ टर्न अफ गर्नुहोस्

कहिलेकाहिँ फोनलाई लक गरेर राख्दा समेत बट डायल भइरहेको हुन्छ । कुनै कुनै सेटिङहरुले फोनलाई खल्तीभित्र अचानक अनलक गरिदिँदा यस्तो समस्या आउन सक्छ । यस्तो बेला तपाईंले अर्को उच्चतम सुरक्षा सेटिङ अपनाउनुपर्ने हुन्छ ।

तपाईंको फोनमा एउटा ट्याप टु वेक भन्ने फिचर हुन्छ । यदि त्यो इनेबल छ भने तपाईंको फोनको पावर बटन प्रेस नगरी फोन अनलक हुन सक्छ ।

यसैले फोनको सेटिङमा ट्याप टु वेकलाई डिसेबल गरिदिनुहोस् । यति भइसकेपछि बट कलिङको समस्या निर्मुल हुन्छ । 

यसका लागि आईफोनमा हुनुहुन्छ भने सेटिङबाट एसेसिबिलिटी हुँदै टचबाट ट्याप टु वेकमा जानुहोस् । आईफोन एक्स तथा त्योभन्दा नयाँ मोडलमा ट्याब टु वेक स्क्रिनमा देखा पर्दछ । 

यस्तै एन्ड्रोइड फोनमा भने सेटिङबाट डिस्प्ले हुँदै लक स्क्रिन डिस्प्ले हुँदै डबल ट्याब टु चेक फोनमा जानुहोस् । 

सामसङ प्रयोगकर्ता हुनुहुन्छ भने सेटिङबाट एड्भान्स फिचर हुँदै मोसन एण्ड जेस्चर्समा जानुहोस् । 

फोनलाई चाँडै अटो लक हुने गरी इनेबल गर्नुहोस् 

यदि तपाईंको फोनमा पासवर्ड छ भने ट्याप टु वेकले तपाईंको फोनमा बट डायलिङ गराउन सक्दैन । तर फेरि पनि फोनको पावर बटन थिचेर लक गर्न बिर्सनुभयो भने यो समस्या जहाँकाे त्यहीँ हुनेछ ।

त्यसैले भुल्ने बानी छ भने सधै आफ्नो फोनलाई निश्चित समयपछि अटो लक हुने गरी सेटिङ मिलाउनुहोस् । 

आईफोनमा अटोलक सेटिङ राख्नका लागि सेटिङबाट डिस्प्ले एण्ड ब्राइटनेस हुँदै अटोलकमा जानुहोस् ।

यस्तै एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने सेटिङबाट डिस्प्ले एण्ड ब्राइटनेसमा ट्याप गरी त्यहाँभित्र रहेको अटो लकमा ट्याप गरेर आफूलाई इच्छा लागेको समय अनुसार फोनलाई अटोलक हुने गरी सेटिङ मिलाउनुहोस् । 

यस्तै सामसङ फोनका लागि हो भने सेटिङबाट लक स्क्रिन गएर सेक्योर लक सेटिङमा क्लिक गर्नुहोस् । 

स्मार्ट लकलाई डिसेबल गर्नुहोस् 

एन्ड्रोइड फोनमा त्यस्ता धेरै फिचर छन् जसले फोनलाई अनलक गरिदिन्छ । यस्तैमा एउटा फिचर हो स्मार्ट लकलाई पनि तपाईले डिसेबल गर्नुपर्ने हुन्छ ।

यदि तपाईं गुगलको स्टक भर्सन एन्ड्रोइड प्रयोकर्ता हुनुहुन्छ भने सेटिङबाट सेक्युरिटी हुँदै स्मार्ट लकमा जानुहोस् । यस्तै सामसङमा हो भने सेटिङबाट लक स्क्रिन हुँदै स्मार्ट लकमा जानुहोस् । 

सबै असफल भए यो उपाय अपनाउनुहोस् 

यदि माथिका सबै उपाय अपनाउँदा पनि तपाईंको बट कलिङ जारी नै छ भने आफ्नो होमस्क्रिन अगाडिदेखि नै कन्ट्याक्ट एपलाई कुनै एउटा फोल्डर बनाई लुकाएर राखिदिनुहोस् । साथै विभिन्न किसिमका भ्वाइस असिस्टेन्ट टुलहरुलाई पनि हटाइदिनुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२