close

मुटुको धड्कन र ब्लड अक्सिजन नाप्ने स्मार्टवाच नेपाली बजारमा

टेकपाना टेकपाना

बैशाख २५, २०७९ १६:४३

मुटुको धड्कन र ब्लड अक्सिजन नाप्ने स्मार्टवाच नेपाली बजारमा

काठमाडाैं । नेपाली बजारमा ‘डिजो’ ब्राण्डको नयाँ स्मार्टवाच सार्वजनिक भएको छ । नेपालका लागि डिजो ब्राण्डको एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक पशुपति ट्रेडलिंक कम्पनीले ‘रियलमी डिजो वाच प्रो’ स्मार्टवाच ल्याएकाे हाे ।

डिजो रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्राण्ड हाे । डिजो वाच प्रोमा प्रिमियम मापदण्डसहितका फिचर राखिएको छ, जसमा ईन-बिल्ट जीपीएस रहेको छ ।

जीपीएस प्लस ग्लोनास रहेको र विभिन्न सेन्सरहरु राखिएको हुँदा प्रयाेगकर्ताले गर्ने हरेक फिटनेस कार्यको ट्र्याक स्याटेलाइटमार्फत गर्नसक्ने कम्पनीकाे भनाइ छ ।

‘मर्निङ्ग वाक गर्दा तपाईँले हिँडेको बाटो, गतिविधि, स्पिड, एक्सरसाइज लगायतका जानकारी स्याटेलाइटको माध्यमबाट ट्र्याक गर्न सक्दछ । यसले गर्दा तपाईँको कुनैपनि फिटनेस गतिबिधिको हरेक डाटाहरु तथा जानकारी स्मार्टवाचमा रहन्छ,’ कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

स्मार्टवाचमा ९० ओटा फरक फरक स्पोर्टस मोड राखिएको जानकारी दिँदै कम्पनीले यसबाट विभिन्न स्पोर्टस कार्य गर्दा त्यसैअनुसार डेटा लिन सकिने जनाएकाे छ ।

यसले प्रयाेगकर्ताको ब्लड अक्सिजनको सही लेभल मापन गर्ने कम्पनीकाे दाबी छ । साथै यसबाट हर्टरेट समेत मनिटर गर्न सकिनेछ ।

एक पटक चार्ज गर्दा १४ दिनसम्म चलाउन सकिने डिजो वाच प्रोमा आफूलाई मनपर्ने १०० भन्दा धेरै कस्टम वाचफेस र वालपेपरहरु छनोट गर्न सकिनेछ ।

‘यसबाट तपाईँले सिधै आफ्नो स्मार्टफोनमा म्यूजिक र क्यामरा कन्ट्रोल गर्न सक्नुहुनेछ भने कल रिसिभ गर्ने सुविधा समेत रहेको छ,’ कम्पनीले भनेकाे छ, ‘त्यसैगरी तपाईँको फोन पत्ता लगाउनका लागि फाइन्डमाई फोन फिचर समेत रहेको छ जसले फोन हराउने वा बिर्सने चिन्तालाई समाप्त गर्दछ ।’

आईपी६८ वाटर रेसिस्टेन्ट प्रमाणित रहेको यो स्मार्टवाचमा पानी पर्दा समेत कुनै डर नहुने कम्पनीकाे भनाइ छ ।

रियलमी डिजो वाच प्रो स्मार्टवाचमा १.७५ इन्चको ३२०x३८५ पिक्सेलको टिएफटी एलसिडी डिस्प्ले रहेको छ भने ३९० एमएएचको ठूलो ब्याट्री प्याक राखिएको छ ।

यो स्मार्टवाच नेपालका अनलाइन तथा अफलाइन बजारहरुमा देशभर उपलब्ध रहेको छ ।

कम्पनीले यसको बजार मूल्य ७,९९०/- रुपैयाँ तोकेको छ । ब्ल्याक र स्पेस ब्लू कलर अप्सनमा उपलब्ध रहेको डिजो वाच प्रोमा एक वर्षको वारेन्टी सुविधा तोकिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२