२०७९, २३ असार बिहिबार   |  
Thursday 7th July 2022

अब ट्याक्सीकाे झ्यालमा टचस्क्रिन ग्लास

काठमाडौं । चीनको बेइजिङ ओरियन्टल इलेक्ट्रोनिक्स ग्रुप (बीओई) ले गाडीको लागि टचस्क्रिन झ्याल तयार गरेको छ । हालै सम्पन्न भएको एसआईडी डिस्प्ले विक २०२२ मा बीओईले आफ्नो नयाँ पारदर्शी ओएलईडी डिस्प्ले प्रदर्शनी गरेको थियो । जुन गाडीको झ्यालका रुपमा प्रयोग गर्न सकिनेछ ।

बीओईका अनुसार यी ट्रान्सपरेन्ट र ओएलईडी इन्टर्‍याक्टिभ (पारदर्शी र अन्तरक्रिया गर्न मिल्ने) झ्यालहरूको स्क्रिन साइज १२.५ इन्चको हुनेछ । जसको पारदर्शिता ४५ प्रतिशत छ । यो झ्यालमा सवारी चालक वा अन्यले स्क्रिनमा विभिन्न कुराहरू कोर्न, नेभिगेसनको विवरणहरू पढ्न, मौसम जाँच गर्न र फोटोहरू पनि लिन सकिनेछ ।

BOE Interactive Transparent OLED Display 2
Source: BOE

यो झ्याल विशेष गरी ट्याक्सीहरूको लागि उपयोगी हुने कम्पनीको भनाई छ । जाममा फसेको बेला, स्क्रिनमा काम गरेर समय बिताउन सकिने वा ठाउँहरू आफैले खोजेर जान सकिने लगायतका फिचरहरूले ट्याक्सी चालकलाई फाइदा हुने कम्पनीले बताएको छ ।

BOE Interactive Transparent OLED Display 1
Source: BOE

यसको साथै राइड सेयरिङ कम्पनीहरूले स्क्रिनमा विभिन्न विज्ञापनहरू डिस्प्ले गर्नको लागि प्रयोग गर्न सक्ने कम्पनीको भनाई छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team