close

ह्वावेले तोड्यो लाइका क्यामेरासँगको सहकार्य

टेकपाना टेकपाना

जेठ ११, २०७९ १४:२२

ह्वावेले तोड्यो लाइका क्यामेरासँगको सहकार्य

काठमाडौं । साओमीसँग सहकार्यको सम्झौता गरेपछि ह्वावेले लाइकासँगको आफ्नो सहकार्यमा पूर्णविराम लगाएको छ । केही दिनअगाडि मात्र साओमीले लाइकासँगको आफ्नो सहकार्य घोषणा गरेको थियो ।

लाइकासँगको सहकार्यमा यही जुलाईमा कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप फोन सार्वजनिक गर्ने पनि घोषणा गरेको छ ।

यो घोषणाले भने लाइकाको ह्वावेसँगको सम्बन्ध बिग्रिएको छ । ह्वावेले मार्च ३१ देखि नै लाइकासँगको सहकार्य सकिएको बताएको छ । यसको अर्थ हो, ह्वावे पी ५० सिरिजका फोनहरू नै लाइकाको क्यामेरा भएको ह्वावेको अन्तिम फोन हुनेछ ।

प्रयोगकर्ताले अब बहुप्रतिक्षित ह्वावेको मेट ५० सिरिजका स्मार्टफोनहरूमा लाइकाको ब्रान्डिङ पाउने छैनन् । लाइकाले सन् २०१६ देखि ह्वावेसँग सहकार्य गर्न सुरु गरेको थियो ।

यी दुई कम्पनीको सहकार्यमा ह्वावे प्रयोगकर्ताले क्यामेराका विभिन्न फिचर प्रयोग गरिरहेका थिए ।     

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२