close

सुरक्षण मुद्रण केन्द्र र विभागलाई गाभेर पुनर्संरचना गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १९:४५

सुरक्षण मुद्रण केन्द्र र विभागलाई गाभेर पुनर्संरचना गरिने

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई एकै स्थानमा गाभेर पुनर्संरचना गर्ने भएको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुरक्षित मुद्रण सेवाका लागि यो कदम अघि बढाइएको बताएका छन् ।

उनले सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई एउटै ठाउँमा गाभी सुरक्षण कार्यलाई एकै स्थान ल्याउन संगठन पुनर्संरचना गरिने बताए । साथै नेपालमा नै सुरक्षित मुद्रण कार्य गर्न सक्नेगरी यसको क्षमता विस्तार गरिने समेत उल्लेख गरेका छन् ।

यसका साथै हुलाक सेवालाई व्यवसायीकरण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विश्वसनीयता बनाउन आवश्यक पुनर्संरचना गरिने समेत मन्त्री शर्माले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४