close

भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू

टेकपाना टेकपाना

असार २३, २०७९ ८:३०

भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू

काठमाडौं । कुनै नयाँ एप देख्नासाथ एप कस्तो होला भन्ने उत्सुकता हाम्रो मानसपटलमा आइहाल्छ । तर गुगल प्ले स्टोरमा उपलब्ध सम्पूर्ण एपहरू हाम्रा लागि महत्त्वपूर्ण हुन्छन् भन्ने हुँदैन ।

एन्ड्रोइड प्रयोगकर्तालाई त्यस्ता एपमा बढी जोखिम हुने भएकाले कुनै पनि एप डाउनलोड गर्नुअघि ख्याल गर्नुपर्ने हुन्छ

यूसी ब्राउजर (UC Browser)

यूसी ब्राउजर एउटा मोबाइल एप्लिकेसन हो, जसले फास्ट मोड र तुलनात्मक हिसाबमा कम डेटा खपत गर्ने दावी गर्छ । त्यसैले पनि यसमा धेरै मानिसहरूको आकर्षण छ । यो एप विशेषगरी चीन र भारतमा चर्चित छ । तर, हामी तपाईंलाई यो एप प्रयोग नगर्न सुझाव दिन्छौं ।

किनभने यसले प्रयोगकर्ताको सर्च विवरणहरू इन्क्रिप्सनबिना याहू इन्डिया र गुगललाई पठाउने गर्छ । त्यस्तै यस एपले प्रयोगकर्ताको डिभाइसको आईएमएसआई नम्बर, आईएमईआई नम्बर, एन्ड्रोइड आईडी र वाई-फाईको म्याक एड्रेस अलिबाबाको एनालाइटिक्स टुल यूमेङलाई दिने गर्छ ।

त्यस्तै यसले प्रयोगकर्ताको जियोलोकेसन डेटा (ल्याटिइुड/लङ्गिच्युट र स्ट्रिट एड्रेस) अलिबाबाको म्यापिङ टुललाई इन्क्रिप्सनबिना पठाउने गर्छ । यो एपको सट्टा तपाईंले गुगल क्रोम र फायरफक्स जस्ता ब्राउजिङ एप प्रयोग गर्न सक्छन् ।

क्लिनईट (CLEANit)

क्लिनईट एउटा जङ्क फाइल क्लिनर हो, जसले फोनका जङ्क हटाउने दाबी गर्छ । यो एप एक करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ भने यसमा ८५ प्रतिशतले फोर र फाइभ स्टार रेटिङ दिएका छन् । यति राम्रो रिभ्यू आएको र डाउनलोड भएको एप किन प्रयोग नगर्ने भन्ने प्रश्न आउनसक्छ । यसले विज्ञापन गरेका प्रायः सामग्री तपाईंको फोनका लागि हानिकारक हुने मेक युज अफको दाबी छ । यो एपले तपाईंको डिभाइसमा भएका सम्पूर्ण क्यास मेटाउने गर्छ । जसले गर्दा अर्को पटक तपाईंले कुनै फाइल वा ब्राउज गर्नुभयो भने त्यसले थप डेटा र ब्याट्री खपत गर्छ । हाल फोनमा नै क्यास क्लियर गर्ने एप उपलब्ध हुने भएकाले गुगल प्लेस्टोरबाट यस्ता एप डाउनलोड गर्न आवश्यक हुँदैन ।

डीयू ब्याट्री सेभर एण्ड फास्ट चार्जर

डीयू ब्याट्री सेभर एउटा त्यस्तो एप हो, जसले ब्याट्री सेभ गर्ने र चार्ज छिटो गर्न दाबी गर्छ । यो एपमा ७६ लाखभन्दा बढी फाइभ स्टार रिभ्यु छ । यो एप किन हानिकारक वा अनुपयुक्त हुन्छ भन्ने प्रश्न आउनसक्छ । सबैभन्दा पहिले शङ्का गर्नुपर्ने कुरा छ, फास्ट चार्ज । फास्ट चार्ज चार्जर र फोनमा भर पर्छ । कुनै एपको प्रयोग गरी फास्ट चार्ज हुने भन्ने अफवाह भएको विज्ञको भनाइ छ । यो एपमा त्यतिका डाउनलोड र रिभ्यु कसरी आयो भन्ने जिज्ञासा हुनसक्छ । यसको डाउनलोडको पछाडिको कारण हो, विज्ञापन । त्यस्तै यो एपले आफ्नो जति विज्ञापन गरेको छ, त्यतिकै अनावश्यक एपको विज्ञापन गरिरहेको हुन्छ । यसमा देखाइने ब्याट्री सेभिङ र ब्याट्री खपत ग्राफ पूर्ण रूपमा नक्कली हुन् । यो एपलाई गुगल प्ले स्टोरबाट २०१९ बाट नै हटाइएको थियो । यद्यपि यो एपको लिङ्क विभिन्न वेबसाइटमा उपलब्ध छ । यदि तपाईंसँग पनि कुनै ब्याट्री सेभर वा फास्ट चार्जिङका एप छन् भने केही नसोची हटाउन सक्नुहुन्छ । यी एपकाे रणनीति विज्ञापन बढाउने भएकाले उनीहरूले फैलाएका भ्रम सरासर गलत हो भन्ने बुझ्नुपर्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३