close

ह्याकिङ र स्पाईवेयरबाट बच्न आईफोनमा ‘लकडाउन मोड’

टेकपाना टेकपाना

असार २५, २०७९ १६:२०

ह्याकिङ र स्पाईवेयरबाट बच्न आईफोनमा ‘लकडाउन मोड’

काठमाडौं । आईओएस १६ को अपडेटसँगै एप्पलले आफ्ना डिभाइसमा नयाँ फिचर थप गर्ने भएको छ ।

एप्पलले ह्याकिङ तथा स्पाईवेयरबाट बच्न लागि आईफोन, आईप्याड र म्याकका लागि नयाँ ‘लकडाउन मोड’ थप गर्ने तयारी गरिरहेको छ ।

यो फिचर विशेषगरी एनएसओ ग्रुपबाट हुने स्पाईवेयर आक्रमणविरुद्ध तयार गरिएको बताइएको छ ।

हुन त यो आक्रमणबाट केही सीमित समूहका मानिसमात्र प्रभावित भएका छन् । गएको आठ महिनामा मात्र विश्वभर १५० देशमा विभिन्न साइबर आक्रमणबाट प्रयोगकर्ता प्रभावित भएको एप्पलको भनाइ छ ।

स्पाईवेयर आक्रमणको शिकार विशेषगरी मानव अधिकारकर्मी, वकिल, राजनीतिकर्मी, पत्रकार लगायत भएका थिए ।

एप्पलको यो मोडअन्तर्गत भने ह्याकिङको लिंक भएका मेसेजहरू ब्लक हुने, लिंक क्लिक गर्न नमिल्ने, अनाधिकृत नम्बरबाट आएका फेसटाइम कल ब्लक हुने लगायतका फिचरहरू समावेश छन् ।

यसका साथै फोन अनलक नभएसम्म कुनै पनि एक्सेसरिज (एअरबड, इयरफोन, हेडफोन लगायत अन्य ब्लुटुथ डिभाइसहरू कनेक्ट हुनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३