close

आईईएलटीएस परीक्षाको शुल्क अब ई-सेवाबाटै तिर्न सकिने

टेकपाना टेकपाना

असार ३०, २०७९ १९:३२

आईईएलटीएस परीक्षाको शुल्क अब ई-सेवाबाटै तिर्न सकिने

काठमाडौं । ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने आईईएलटीएस परीक्षाको शुल्क अब ई-सेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । हालै ई-सेवा र ब्रिटिस काउन्सिलबीच एक सम्झौता भएसँगै यस्तो सुविधा ल्याइएको हो ।

यससँगै अबदेखि आईईएलटीएस परीक्षा दिने परीक्षार्थीहरूले आफ्नो ई-सेवा खाताबाट सोझै आईईएलटीएसको रकम भुक्तानी गर्न सक्नेछन् । साथै नजिकै रहेका ई-सेवाका एजेन्ट नेटवर्क मार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिने बताइएको छ ।

यस किसिमको विद्युतीय भुक्तानी प्रविधिले विद्यार्थीहरूलाई सहज हुने अपेक्षा गरिएको छ । ई-सेवाले हाल ५७ लाख भन्दा बढी ग्राहकलाई अनलाइन भुक्तानीको सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि दुर्गम विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सुरक्षित, भरपर्दो र छिटो छरितो सेवा सुविधा प्रधान गर्दै आफूलाई विश्वसनीय विद्युतीय भुक्तानी प्रदायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ ।

ई-सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेटको शुल्क भुक्तानी, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन तथा टेलिभिजनको रिचार्ज, हवाईजहाजको तथा बसको टिकेट, स्कुलकलेजको शुल्क लगायतका सेवाहरूको भुक्तानी गर्न सकिन्छ ।

कम्पनीले यस किसिमका भुक्तानीमा आकर्षक क्याश ब्याक समेत प्रदान गर्दै आएको छ । ई-सेवामा हाल ५२ ओटा बैंक तथा वित्तीय संस्था सदस्यको रूपमा रहेका छन् । जहाँबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३