close

अमेरिकी सभामुख पेलोसीको भ्रमणबीच ताइवानी राष्ट्रपतिको वेबसाइटमा साइबर आक्रमण

टेकपाना टेकपाना

साउन १७, २०७९ २३:०

अमेरिकी सभामुख पेलोसीको भ्रमणबीच ताइवानी राष्ट्रपतिको वेबसाइटमा साइबर आक्रमण

काठमाडौं । तीन लाखभन्दा धेरै व्यक्तिले व्यग्रताका साथ न्यान्सी पेलोसीलाई एसिया भ्रमणका क्रममा उनलाई बोकिरहेको अमेरिकी वायु सेनाको हवाईजहाज एसपीएआर१९ को बाटो हेरिरहेका थिए । त्यसैक्रममा ताइवानका राष्ट्रपतिको वेबसाइट साइबर आक्रमणका कारण डाउन हुन पुगेको रोयटर्सले उल्लेख गरेको छ ।

गिजमोडोले उल्लेख गरेको फेसबुक पोस्टमा ताइवानी राष्ट्रपति कार्यालयका प्रवक्ता च्याङ तुन-हानले ‘डिस्ट्रिब्युटेड डिनायल-अफ सर्भिस अट्याक’ का कारण मङ्गलबार साँझको समयमा वेबसाइट डाउन भएको हो ।

तुन-हानका अनुसार उक्त आक्रमण ताइवान बाहिरबाट आएको र वेबसाइटमाथि सामान्य देखिने भन्दा दुई सय गुणाभन्दा बढी मात्रामा ट्राफिकमार्फत भिषण आक्रमण गरिएको छ । उनले २० मिनेट लगत्तै वेबसाइट सामान्य अवस्थामा फर्किएको बताए पनि टेकपानाको यो समाचार तयार पार्दासम्म वेबसाइट डाउन रहेको थियो ।

मङ्गलबार बेलुका पेलोसीको हवाईजहाज ताइवानमा अवतरण भएको छ । स्थानीय समाचार संस्थाका अनुसार उनको ताइवान बसाइ रातभरका लागि हुने बताइएको छ । सभामुखको रूपमा पेलोसीको यो ताइवान भ्रमण पछिल्लो २५ वर्षयताकै उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो ।

मङ्गलबारको भ्रमण अघि चीनले पेलोसीको ताइवान भ्रमण रोक्न अमेरिकालाई चेतावनी समेत दिएको थियो । “विश्वमा एउटा चीन छ, ताइवान चिनिँया भूभागको अविच्छिन्न भाग हो र जनवादी गणतन्त्र चीनको सरकार समग्र चीनलाई प्रतिनिधित्व गर्ने वैधानिक सरकार हो,” चीनको विदेश मामिला मन्त्रालयले मङ्गलबार भनेको छ ।

“अन्तर्राष्ट्रिय समुदायका लागि एक चीन नीति विश्वव्यापी मान्यताको विषय हो र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मूल्य समेत हो ।” अमेरिकाले “रणनीतिक अस्पष्टता” को तथाकथित नीतिलाई स्वीकार गर्दै आएको छ ।

सन् १९७२ मा पूर्व अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीनको मूल भूमिको भ्रमण गरेका थिए । निक्सनको भ्रमणका दौरान अमेरिका “एक चीन रहेको र ताइवान चीनको हिस्सा रहेको” विषयमा सहमत भएको थियो । विदेशी सरकारी अधिकारीहरूको ताइवान भ्रमणलाई चीनले आफ्नो सार्वभौमसत्ताको रूपमा हेर्ने गर्दछ । यस्तोमा चिनियाँ कंग्रेसका सदस्यहरूले वर्षौँदेखि नियमित रूपमा यो स्वशासित टापूको भ्रमण गर्दै आएका छन् ।

“विश्वका लागि प्रजातन्त्र र निरंकुशताबीच एउटा रोज्नुपर्ने बाध्यताबीच  ताइवानका दुई करोड ३० लाख जनताका लागि अमेरिकाको साथ आज अहिलेसम्मकै सबैभन्दा बढी महत्त्वपूर्ण छ,” पेलोसीले ट्वीट गर्दै भनेकी छिन् । “हाम्रो भ्रमण ताइवानका लागि कयौँ कङ्ग्रेसका डेलिगेसन मध्येको एक हो र यो कुनै पनि तवरमा अमेरिकी नीतिको विरुद्ध छैन ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३