close

तपाईंले जान्नैपर्ने गुगल कन्ट्याक्टका ४ स्मार्ट ट्रिक्स

टेकपाना टेकपाना

साउन १९, २०७९ १७:६

तपाईंले जान्नैपर्ने गुगल कन्ट्याक्टका ४ स्मार्ट ट्रिक्स

काठमाडौं । गुगल कन्ट्याक्ट्स प्रायः हरेक एन्ड्रोइड डिभाइसमा पहिले नै इन्स्टल भएर आउँछ । गुगलको भर्चुअल फोनबुक अहिले सम्पर्क विवरण राख्ने महत्त्वपूर्ण विकल्प बनेको छ ।

के तपाईंलाई यस एपका आधारभूत कार्यबाहेक अन्य कुरा के के छ भनेर जानकारी छ ? आज हामी गुगल कन्ट्याक्ट्सका त्यस्ता टिप्सबारे जानकारी दिँदै छौँ, जुन तपाईंले जान्न आवश्यक छ ।

डुप्लिकेट कन्ट्याक्ट्स हटाउनुहोस्

हामीले अञ्जानमा कैयौँपटक एउटै व्यक्तिको नम्बर झुक्किएर बारम्बार सेभ गरेका हुन्छौं, जसलाई हटाउन दिक्क लागेको हुन्छ । त्यसका लागि गुगलले ‘फिक्स एन्ड मेनेज’ भन्ने फिचर ल्याएको छ ।

यो एउटा त्यस्तो टुल, जसले गुगल कन्ट्याक्ट्समा भएका डुप्लिकेट कन्ट्याक्ट्स हटाउन मद्दत गर्छ ।

गुगल कन्ट्याक्ट्समा भएका डुप्लिकेट कन्ट्याक्ट यसरी हटाउनुहोस् ।

  • सबैभन्दा पहिले फोनमा कन्ट्याक्ट्स एप खोल्नुहोस् ।
  • त्यसपछि तल रहेको ‘फिक्स एन्ड मेनेज’को अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि ‘मर्ज एन्ड फिक्स’ (Merge & Fix) को अप्सनमा ट्याप गर्नुहोस् ।
  • अब गुगलले डुप्लिकेट कन्ट्याक्ट्स छुट्टाएर राख्छ । डुप्लिकेट कन्टयाक्ट एउटैमा मिसाउन (मर्ज गर्न) ‘मर्ज कन्ट्याक्ट्स’मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ मर्जको अप्सनमा क्लिक गर्नुभयो भने डुप्लिकेट कन्ट्याक्ट मेटिन्छन् ।

होम स्क्रिनमा गुगल कन्ट्याक्ट्सका विजेट एड गर्नुहोस्

यहाँ उल्लेख गरिएका विभिन्न ट्रिक्सको मुख्य उद्देश्य भनेको नै गुगल कन्ट्याक्ट्सलाई छिटो र सरल बनाउनु हो । हाम्रा कुनै पनि कामलाई शर्टकटले छिटो छरितो बनाउन सहयोग गरेका हुन्छन् ।

यदि तपाईं कुनै व्यक्तिसँग बारम्बार फोनकलबाट कन्ट्याक्टमा रहिरहनु हुन्छ भने उनीहरूको कन्ट्याक्टलाई होम स्क्रिनमा राख्न उपयुक्त हुन्छ ।

यसलाई गुगल विजेटका माध्यमबाट होम स्क्रिनमा राख्न सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

  • होम स्क्रिनमा केहीबेर ट्याप गर्नुहोस् । त्यसपछि तल रहेको विजेटको अप्सनमा ट्याप गर्नुहाेस् ।
  • त्यसपछि त्यहाँ कन्ट्याक्टको विजेट खोज्नुहोस् । कन्टयाक्टको तल तीन ओटा अप्सन रहेको हुन्छ; कन्ट्याक्ट, डाइरेक्ट कल र डाइरेक्ट मेसेज ।
  • त्यसमा तपाईंलाई इन्छा लागेको विजेटलाई होम स्क्रिनमा ल्याउनुहोस् ।

त्यसपछि देखिने गुगल कन्ट्याक्ट्स लिस्टबाट आफूलाई इच्छा भएको व्यक्तिको कन्ट्याक्ट छानेर अगाडि राख्नुहोस् ।

गुगलको प्रोफाइल पिक्चर परिवर्तन गर्नुहोस्

यदि तपाईं गुगलको प्रोफाइल पिक्चर परिवर्तन गर्न चाहनुहुन्छ भने गुगल कन्ट्याक्ट्सबाट पनि फोटो परिवर्तन गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले फोनमा कन्ट्याक्ट्स एप खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
  • पुनः प्रोफाइल फोटोमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ फोटोको तल ‘चेन्ज’ र ‘रिमुभ’ भन्ने दुई ओटा अप्सन देखिन्छ ।
  • त्यसमध्ये ‘चेन्ज’मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि माथि विभिन्न माध्यमबाट फोटो परिवर्तन गर्ने विकल्प समावेश हुन्छ । सबैभन्दा पहिलो अप्सनमा चित्रहरू हुन्छन् । त्यस्तै, दोस्रो गुगल र तेस्रोमा डिभाइसको फोटो छान्न सकिन्छ ।

कन्ट्याक्ट्स शेयर गर्नुहाेस्

गुगलले परम्परागत तरिकाले पेन र पेपरको प्रयोग गरी फोन नम्बर शेयर गर्ने पद्धतिलाई विस्थापित गरेको छ ।

अब तपाईंले कुनै पनि गुगल कन्टयाक्टमा रहेको नम्बर सहजै शेयर गर्न सक्नुहुन्छ ।

त्यति मात्र नभई तपाईंले सो व्यक्तिको ठेगाना, व्यक्तिगत नम्बर, जन्ममिति सबै एपकै माध्यमबाट शेयर गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले कन्ट्याक्ट्स एप खोल्नुहोस् ।
  • त्यसपछि तपाईंले शेयर गर्न चाहेको कन्ट्याक्ट्स खोजेर त्यसमा ट्याप गर्नुहोस् ।
  • अब माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि शेयरमा ट्याप गर्नुहोस् ।
  • अब कन्ट्याक्ट्स पठाउन चाहेको व्यक्तिलाई ब्लुटुथ, जीमेल, मेसेज, ड्राइभ, शेयरिङ एपका माध्यमबाट पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३