close

समस्यामा परेँ भन्दै सामाजिक सञ्जालबाट कसैले पैसा मागे नदिनू: ईसेवा

टेकपाना टेकपाना

साउन २२, २०७९ १५:५६

समस्यामा परेँ भन्दै सामाजिक सञ्जालबाट कसैले पैसा मागे नदिनू: ईसेवा

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले सामाजिक सञ्जालमार्फत कसैले पैसा मागे नदिन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै कम्पनीले सामाजिक सञ्जालमार्फत आफूले चिनेको अथवा नचिनेको कुनै पनि व्यक्तिले पैसा मागेको खण्डमा पैसा उपलब्ध नगराउन अनुरोध गरेको हो ।

‘सामाजिक सञ्जालमार्फत तपाईंलाई कसैले चिने जानेको वा प्रियजनका रुपमा सम्पर्क गरी आफू आपतकालीन स्थितिमा रहेकाे बताई तत्काल रकम माग गरेको खण्डमा भुक्तानी नगर्नुहुन अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।

यसरी कसैले तत्काल अनलाइन भुक्तानी गरिदिन आग्रह गरेमा पहिले सही व्यक्तिले नै मागेको हो वा होइन भनी पुष्टि गरेर मात्र भुक्तानी गर्न कम्पनीले सचेत गराएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालका अकाउन्टहरू ह्याक गरी सो व्यक्तिको चिनेजानेको मानिसहरूलाई पैसा माग्ने र आफ्नो खातामा हाल्न लगाउने क्रम बढ्दै गइरहेको छ ।

यस्ता कुनै पनि किसिमका फिशिङ आक्रमणबाट जोगिन कम्पनीले सूचना जारी गरेको हो ।         

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३