close

ग्यापुको ‘अफिलिएट’ अफर, घरमै बसेर पैसा कमाउन सकिने 

टेकपाना टेकपाना

साउन २७, २०७९ ११:५०

ग्यापुको ‘अफिलिएट’ अफर, घरमै बसेर पैसा कमाउन सकिने 

काठमाडौं । ईकमर्श प्लेटफर्म ‘ग्यापु’ ले आफ्ना ग्राहकको लागी घरमै बसेर पैसा कमाउन सकिने अफर ल्याएको छ । 

ग्यापुको अफिलिएट अफर अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘शेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ अफर रहेका छन् । 

‘रिफर एण्ड अर्न’ का लागि प्रयोगकर्ताले ग्यापुको एप डाउनलोड गरि लगइन गर्नुपर्ने हुन्छ । ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिकंलाई साथीहरूसँग सेयर गरेर प्रयोगकर्ताले १० जि–क्यास (१० रुपैयाँ) प्राप्त गर्न सक्नेछन् । साथीले सो लिंक मार्फत इमेल वा फोन नम्बर सहित दर्ता गरेको खण्डमा लिंक पाउनेले १० जि–क्यस र पठाउनेले पुन १० जि–क्यास गरि कुल २० जि–क्यास पाउने व्यवस्था गरिएको छ । 

यस्तै, ‘शेयर एण्ड अर्न’ बाट पैसा कमाउनका लागि प्रयोगकर्ताले ग्यापुमा रहेको कुनै पनि सामानलाई सेलेक्ट गरेर आफ्नो सामाजिक सञ्जालमा शेयर गर्नुपर्ने हुन्छ । सोही लिंकमा क्लिक गरि सामान खरिद गर्दा लिंक शेयर गर्नेले १० रुपैयाँदेखि ५०,००० रुपैयाँसम्म कमाउन सक्नेछन् । 

‘अर्न पर क्लिक’ का लागि भने प्रयोगकर्ताले ग्यापुको कुनै पनि सामानको लिंक शेयर गर्दा उक्त लिंकको हरेक क्लिकमा (लिंक खोल्दा) शेयर गर्नेले ०.१० रुपैयाँ प्राप्त गर्ने छ । प्रतिदिन १०० पटकसम्म लिंक क्लिक गर्न पाइनेछ । 

प्रयोगकर्ताले प्राप्त गर्ने जि–क्यास आफ्नो डिजिटल वालेटमा ट्रान्सफर गरी रिडिम गरेर पैसामा रुपान्तरण पनि गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३