close

रूसबाट बाहिरिने नोकिया र एरिक्सनको घोषणा

टेकपाना टेकपाना

भदौ १४, २०७९ १९:३०

रूसबाट बाहिरिने नोकिया र एरिक्सनको घोषणा

काठमाडौं । दूरसञ्चार पूर्वाधार कम्पनी नोकिया र एरिक्सनले रूसमा रहेको आफ्नो व्यवयास बन्द गरेर बाहिरिने घाेषणा गरेका छन् । युक्रेनमाथि रूसको पछिल्लो कदमलाई लिएर यी कम्पनीले सन् २०२२ भित्रै रूस छाेड्ने निर्णय लिएका हुन् ।

पछिल्लो छ महिनायता रूस र युक्रेनबीच युद्ध जारी छ । यस्तोमा विभिन्न कम्पनीहरुले रूसमा आफ्नो सेवा गरिसकेका छन् ।

हालै एरिक्सनले पनि रूसमा सेवा बन्द गर्ने निर्णय गरेकाे छ । हाल रूसमा एरिक्सनका ४०० कर्मचारी कार्यरत छन् ।

अर्कोतर्फ नोकियाले पनि आफू रूसबाट पूर्ण रुपमा बाहिरिने बताएको छ । कम्पनीका प्रवक्ताले रूसबाट बाहिरिनका लागि आवश्यक कदम चालिरहेको बताएका छन् ।

यसरी नोकिया र एरिक्सन रूसबाट बाहिरिँदा दूरसञ्चार पूर्वाधारमा ठूलो कम्पनीको रुपमा ह्वावेमात्रै बाँकी रहने भएको छ ।

हालसम्म ह्वावेले रूसबाट बाहिरिने विषयमा कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३