close

भिभोको रङ्ग परिवर्तन हुने स्मार्टफोन भी२५ सिरिज नेपाल आउँदै, सुरु भयो प्रि–बुकिङ

टेकपाना टेकपाना

भदौ १९, २०७९ १५:३०

भिभोको रङ्ग परिवर्तन हुने स्मार्टफोन भी२५ सिरिज नेपाल आउँदै, सुरु भयो प्रि–बुकिङ

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी २५ सिरिजका स्मार्टफोन भी २५ फाइभजी र भी २५ ई नेपाली बजारमा उपलब्ध गराउने भएको छ । नेपालीहरूका ठूला चाड दशैं र तिहार नजिकिँदै गर्दा कम्पनीले यी फोनको ‘प्रि–बुकिङ’ खुलाको हो । 

ग्राहकले सेप्टेम्बर ४ देखि ७ सम्म (भदौ १९ देखि भदौ २२ गते सम्म) भी२५ सिरिजका स्मार्टफोन प्रि–बुक गर्न सक्ने छन् । कम्पनीका अनुसार भी२५ फाइभजीको प्रि–बुकिङमा ग्राहकले उपहार स्वरुप ‘भिभो नेकब्याण्ड’ प्राप्त गर्नेछन् । त्यस्तै भी२५ईको प्रि–बुकिङमा ‘एंकर यूआई नेकब्यान्ड’ पाउन सकिने छ ।

कम्पनीका अनुसार बजारमा भी२५ र भी२५ई दुवैमा रङ्ग परिर्वतन हुने ग्लास रहेको छ । सूर्यको प्रकाशमा पर्दा फोनको स्क्रिनको रङ्ग परिवर्तन हुनेछ । यी दुवै फोनमा ६४ मेगापिक्सेलको ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा रहेको छ ।

भने, भी २५ फाइभजीमा ५० एमपी अटो फोकस पोर्ट्रेट फ्रन्ट क्यामेरा रहेको छ । जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ । साथै, भी२५ई मा ३२ एमपी फ्रन्ट क्यामेरा दिइएको छ ।

भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी२५ई मा मिडिया टेक हेलियो जी९९ प्रोसेसर राखिएको छ । यी दुवै फोनमा ४५०० एमएएच ब्याट्री दिइएको छ । ४४ वाट फ्ल्याश चार्जर युक्त यी फोन ८ जीबी र्‍याम तथा १२८ जीबी रोम भेरियन्टमा उपलब्ध हुनेछन् ।  

“भिभोले फोटोग्राफी केन्द्रित ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ,’ भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भी२५ सिरिजले प्रयोगकर्तालाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्नेछ । दुवै स्मार्टफोन, भी२५ फाइभजी र भी२५ईमा सेग्मेन्टकै उत्कृष्ट विशेषता रहेका छन् ।”

कम्पनीका अनुसार भी२५ फाइभजी अक्वामेरिन ब्लु र डाइमण्ड ब्ल्याक गरी दुई फरक कलर भेरियन्टमा उपलब्ध हुनेछ । जसको बजार मूल्य ५२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै भिभो भी २५ ईको मूल्य ४२ हजार ९९९ रुपैयाँ राखिएको छ । यो फोन सनराइज गोल्ड र डायमण्ड ब्ल्याक गरी दुई कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३