close

यसै डिसेम्बरमा सार्वजनिक हुँदै भिभो एक्स सिक्स्टी, यस्तो हुनेछ फिचर

टेकपाना टेकपाना

पुस ६, २०७७ २०:४३

यसै डिसेम्बरमा सार्वजनिक हुँदै भिभो एक्स सिक्स्टी, यस्तो हुनेछ फिचर

काठमाडौं । सन् २०२० को वर्ष सकिनै लाग्दा यस वर्ष आउने सबै स्मार्टफोन सार्वजनिक भइसके भन्ने छैन । यही वर्षभित्र अझै केही स्मार्टफोन बजारमा आउन सक्ने संभावना छँदैछ ।

चिनियाँ मोबाइल निर्माता कम्पनी भिभोले आफ्नो फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स सिक्स्टी यसै साल सार्वजनिक गर्ने तयारी गरेको छ । प्रकाशित रिपोर्टमा भिभो भि सिक्स्टी यही डिसेम्बर २९ मा सार्वजनिक हुने दाबी गरिएको छ ।

यो सिरिजमा कम्पनीले तीन वटा स्मार्टफोन भिभो भि सक्स्टी, भिभो भि सिक्स्टी प्रो र भिभो भि सिक्स्टी प्रो प्लस सार्वजनिक गर्ने बताइएको छ । कम्पनीले यो सिरिजको एउटा प्रोमो समेत सार्वजनिक गरेको छ । जसमा स्मार्टफोनको डिजाइन देखाइएको छ ।

यस्ता हुनेछन् फिचर

यो लाइनअपमा दोस्रो पुस्ताको माइक्रो गिम्बल स्टेबलाइजेसन प्रयोग गरिएको छ । जुन जेइस अप्टिक्सले प्रदान गरेको हो ।

भिभो एक्स सिक्स्टी र भिभो एक्स सिक्स्टी प्रोको क्यामेरा स्पेसिफिकेसन समेत लिक भइसकेको छ । तर भिभो एक्स सिक्स्टि प्रो प्लसको क्यामेराको भने कुनै पनि स्पेसिफिकेसन बाहिर आएको छैन ।

रिपोर्टलाई आधार मान्ने हो भने एक्स सिक्स्टीमा तीन वटा क्यामेरा र एक्स सिक्स्टी प्रोमा चार वटा क्यामेराको सेटअप रहनेछ । लिक्सका अनुसार एक्स सिक्स्६ीमा ४८ मेगापिक्सेलको मेन क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र १३ मेगापिक्सेलको पोट्रेट लेन्स हुनेछ ।

साथै प्रो भेरियन्टमा समेत यस्तै किसिमको कन्फिग्रेसन हुनेछ । तर त्यसमा ८ मेगापिक्सेलको पेरिस्कोप जुम लेन्स थप हुनेछ ।

भिभोले आफ्नो एक्स सिक्स्टी स्मार्टफोनमा ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्ट र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टका साथ बजारमा ल्याउने छ । यसका अतिरिक्त यो स्मार्टफोन ब्लु ग्रेडियन्ट, ब्ल्याक र शिमर गरी तीन वटा कलर अप्सनका साथ सार्वजनिक हुनेछ ।

साथै अर्कोतर्फ यसको प्रो भेरियन्टमा कम्पनीले १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज रहेको एउटा मात्र भेरियन्ट बजारमा ल्याउने दाबी गरिएको छ । यो स्मार्टफोन ब्लु ग्रेडियन्ट र ब्ल्याक कलर अप्सनमा उपलब्ध हुनेछ ।

दुवै स्मार्टफोनमा १२० हर्ज रिफ्रेश रेट भएको ६.५५ इन्चको एमोलेड डिस्प्ले हुनेछ । जसको माथि बीच भागमा सेल्फी कटआउट रहनेछ ।

यसैगरी एक्स सिक्स्टीमा एउटा चौडा स्क्रिन देख्न पाइनेछ । साथै प्रो भेरियन्टमा कर्भ्ड एजयुक्त डिस्प्ले हुने बताइएको छ । दुवै डिभाइसमा सामसङको नयाँ एक्सनस १०८० प्रोसेसर हुनेछ ।

प्रो भेरियन्टमा ४२०० एमएएच क्षमताको ब्याट्री रहनेछ भने यो स्मार्टफोन ३३ वाट फास्ट चार्जिङ सपोर्टका साथ पाउन सकिनेछ । स्मार्टफोनको प्लस भेरियन्ट स्नापड्रागन ८८८ प्रोसेसरका साथ सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०