close

आईफोन १४ मा भौतिक सिमकार्ड नलाग्ने, एकैपटक दुई ओटा ई-सिम सपोर्ट सुविधा

टेकपाना टेकपाना

भदौ २३, २०७९ ११:६

आईफोन १४ मा भौतिक सिमकार्ड नलाग्ने, एकैपटक दुई ओटा ई-सिम सपोर्ट सुविधा

काठमाडौं । एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । बुधबार राति ‘फार आउट’ इभेन्ट आयोजना गर्दै कम्पनीले आईफोन १४ सिरिजका चार मोडेल सार्वजनिक गरेको हाे ।

याे सिरिजका फाेनमा भौतिक सिम लाग्ने छैन । तर, भौतिक सिम नलाग्ने फोन सुरूवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुनेछ । ई-सिम प्रयोग गर्न सकिने भएपछि भौतिक सिम लिन पसलमा जानैनपर्ने कम्पनीले जनाएको छ ।

ई-सिमका माध्यमबाट मोबाइल डेटा तथा सेवाहरू भौतिक सिम प्रयोग नगरी उपयोग गर्न सकिन्छ । ई-सिम प्रचलनमा ल्याउन कम्पनीले यो सेवा अमेरिकाबाट सुरु गरेको बताएको छ ।

अहिले कतिपय देशमा ई-सिम प्रचलनमा आइसकेको छ भने कतिपय देशमा परीक्षणकै चरणमा छ । ई-सिमले पनि भौतिक सिमकै काम गरिरहेको हुन्छ । तर, सबै विद्युतीय तरङ्गबाट मात्र ।

यसको अर्थ फोनमा सिमको सफ्टवेयर प्रयोग गरेकै भरमा मोबाइल सेवामा पहुँच पाउन सकिन्छ ।

आईओएस १५ मा फोन अपडेट गरेसँगै तपाईँले आफ्नो ई-सिमलाई एउटा आईफोनबाट अर्को आईफोनमा ब्लुटुथका माध्यमबाट ट्रान्सफर गर्न सक्नुहुन्छ ।

यसलाई भौतिक सिम एक डिभाइसबाट अर्को डिभाइसमा सारेजस्तै सजिलै सार्न सकिन्छ । आईफोनले सन् २०१८ बाट नै ई-सिम सपोर्ट गर्दै आइरहेको छ, जसका माध्यमबाट एकै पटकमा दुई ओटा सिम प्रयोग गर्न सकिन्छ ।

आईफोनमा एउटा मात्र भौतिक सिम प्रयोग गर्न सकिन्छ । त्यस्तै ई-सिम पनि प्रयोग गर्न सकियो भने त्यसमा एकैपटक दुई ओटा सिम प्रयोग गर्न सकियो ।

आईफोन १३ मा भने एकै पटक दुई ओटा ई-सिम प्रयोग गर्न सकिने बताइएको छ । अमेरिका बाहेक अन्य देशमा उपलब्ध हुने आईफोन १४ मा भने भौतिक सिमका लागि सिम ट्रे उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३