close

कल सेन्टरका लागि ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गर्दै साङ्ग्रिला विकास बैंक

टेकपाना टेकपाना

भदौ २८, २०७९ १६:५१

कल सेन्टरका लागि ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गर्दै साङ्ग्रिला विकास बैंक

काठमाडौं । साङ्ग्रिला विकास बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन ‘भक्स्क्रो’सँग साझेदारी गरेको छ । बैंकले गेटडेस्ट सफ्टवेयरबाट कलसेन्टर साझेदारी गरी गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

सन् २०१८ देखि सञ्चालनमा आएको भक्स्क्रो एक डिजिटल सञ्चार प्लेटफर्म प्रदायक हो । गेटडेस्क (क्लाउडबेस्ड कल सेन्टर सफ्टवेयर) र रिङ्गेज (बल्क अटोमेटेड भोइस ब्रोडकास्टिङ सलुसन) भक्स्क्रोको मुख्य उत्पादन हुन् ।

यसअघि भक्स्क्रोले सीएनआवाईईएफ नेपालले आयोजनामा गरेको कार्यक्रममा ‘कस्टमर एक्सिलेन्स अवार्ड २०२२’ को विजेता र अध्यन्त्र फाउन्डेसनको तर्फबाट ‘सीएनआवाईईएफ स्टार्टअप फेस्ट २०२२’ बाट एक करोड रुपैयाँ फन्ड कलेक्सन समेत गरिसकेको छ ।

भक्स्क्रोले अहिलेसम्म ६५ भन्दा बढी कम्पनीलाई सेवा दिएको छ । यसको सहायताबाट गेटडेस्क, ब्लाजेन, फ्रन्टडेस्क लगायतका सफ्टवेयर प्रयोग गरि ग्राहकले कस्टमर सर्भिस डिपार्टमेन्ट, सेल, टेलिमार्केटिङ डिपार्टमेन्ट, आइभिआर, भोइस ब्रोडकास्ट वा व्यावसायिक सञ्चारको सेवा लिन सक्नेछन् ।

६०० भन्दा बढी ग्राहक सेवा प्रतिनिधि र विक्रेतालाई सेवा दिई १५० प्रतिशतभन्दा बढी उत्पादकत्व बढाएको भक्स्क्रो, नेपालको कलसेन्टर टेक्नोलोजी प्रवर्तक कम्पनी हो ।

पठाओ, एमआई नेपाल, फुडमाण्डु, टीभीएस, फोनपे, बुद्ध एयर, उपाय सिटी काग्रो, नर्भिक हस्पिटल, आईमार्क डिजिटल, इबिमा, निमा एकेडेमी, टिडिओ नेपाल, साथीमार्ट लगायत ७० वटाभन्दा बढी संस्थाहरूले ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४