काठमाडौं । घर, अफिस, होटल तथा अन्य संघसंस्थाका लागि अनलाइनमार्फत परामर्श तथा मर्मत सेवा दिँदै आएको स्टार्टअप कम्पनी सजिलो सेवाले आफ्नो आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ ।
गत शुक्रबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले एप सार्वजनिक गरेको हो ।
सजिलाे सेवाले आफ्नो स्थापनाको पाँचौं वार्षिक उत्सवको अवसरमा मोबाइल एप सार्वजनिक गरेको कम्पनीका निर्देशक कविश श्रेष्ठले जानकारी दिए ।
“हामीले वेबसाइटमार्फत उपलब्ध गराउने हरेक सेवा मोबाइल एपबाट पनि उपलब्ध गराउन थालेका छाैं,” उनले भने ।
कम्पनीले एपमार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवा प्रदान गर्ने उनले बताए ।
प्रयोगकर्ताले एपमार्फत ‘सजिलो सेवा’का विभिन्न सेवा अर्डर गर्दा विभिन्न उपहारको व्यवस्था रहेको उनको भनाइ छ ।
त्यसैगरी आगामी कार्तिक १५ गतेसम्म एप डाउनलोड गरेर साइनअप गर्ने एक जना भाग्यशाली विजेताले आईफोन ११ जित्न सक्नेछन् ।
एपमार्फत पहिलो पटक सेवा अर्डर गर्ने प्रयोगकर्ताले ‘सजिलो एप’ प्रोमोकोड प्रयोग गरेर ५० प्रतिशत छुट पाउन सक्नेछन् ।
कम्पनीले प्रयोगकर्तालाई मात्र नभई ‘सजिलो सेवाका’ विज्ञका लागि पनि एप ल्याएको छ, जसका माध्यमबाट सेवा दिने व्यक्तिले एप प्रयोग गरी ग्राहकलाई विविध सेवा दिन सक्नेछन् ।
पछिल्ला केही दिनमा कम्पनी विभिन्न सेवाहरू थप गर्दै आफ्नो सेवा विस्तार गरिरहेको छ । कम्पनीले हालसालै लुगा धुने सेवा, ड्राइभिङ रेन्टिङ सेवा, फोटोग्राफी सेवा, इभेन्ट मेनेजमेन्ट सेवा र हेल्थ याट होम सेवा थप गरेको थियो ।
यस्तै विविध सेवालाई विस्तार गर्दै अगाडि बढ्ने कम्पनीको योजना रहेको छ ।
श्रेष्ठ भन्छन्, “आउँदो असोजको महिनासम्म उपत्यकामा मात्र सीमित नराखी पोखरामा पनि विस्तार गर्दै छौँ ।”
एन्ड्रोइड प्रयोगकर्ताले सजिलो सेवाको एप यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप इन्स्टल गर्न सक्नेछन् ।