close

ह्वाट्सएपले अब चलचित्र पनि निर्माण गर्ने

टेकपाना टेकपाना

असोज २, २०७९ १०:४६

ह्वाट्सएपले अब चलचित्र पनि निर्माण गर्ने

काठमाडौं । मेटाको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएप चलचित्र व्यवसायमा पनि लाग्ने भएको छ । अघिल्लो हप्तामात्रै कम्पनीले आफ्नो पहिलो लघु चलचित्र (शर्ट फिल्म) ‘नाइजा ओडिसी’ बारे एक कार्यक्रममार्फत जानकारी दिएकाे थियो ।

बास्केटबल खेलाडी ग्यानिस आन्टेन्टोकोपोको जीवनीलाई लिएर ह्वाट्सएपले आफ्नो पहिलो चलचित्र निर्माण गरेको हो, जुन सेप्टेम्बर २१ मा प्राइम भिडिओमा सार्वजनिक हुनेछ । ह्वाट्सएपको यो घोषणासँगै बजारमा अब ह्वाट्सएप चलचित्र व्यवसायतर्फ पनि मोडिएको अनुमान गरिएको छ ।

ह्वाट्सएपका अनुसार उक्त लघु चलचित्रमा ह्वाट्सएपले कसरी मानिसहरूलाई आफ्नो सम्बन्धहरू बनाइराख्न, आफ्नो परिचय बनाउन लगायतका कामको लागि सहयोग गरेको छ भनेर देखाइएको छ । यो १२ मिनेटको चलचित्र युट्युब च्यानलमा पनि सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ १०:४६