close

टेकपानाको मोबाइल एप सार्वजनिक

टेकपाना टेकपाना

असोज २, २०७९ १८:२३

टेकपानाको मोबाइल एप सार्वजनिक

काठमाडौं । टेकपाना मिडिया प्रालिले आफ्नो एप सार्वजनिक गरेको छ । टेकपानाको तेस्रो वार्षिकोत्सव अवसर पारी राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एप सार्वजनिक गरे । एप सार्वजनिक गर्दै अध्यक्ष खनालले टेकपानाको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै टेकपानाका सम्पादक गोपाल साउदले प्रयोगकर्ताको सहजता र मागलाई सम्बोधन गर्दै टेकपानाको मोबाइल एप पनि सार्वजनिक गरेको बताए । व्यस्त जीवनशैलीका बीच सूचना प्रविधि सम्बन्धी समाचार हेर्नका लागि मोबाइल एपले धेरै सहज बनाउने पनि उनले विश्वास लिए ।

यस एपमा पाठकले समाचार पढ्नुका साथै टेकपानाको युट्युब च्यानलमा आएका भिडिओ सामग्री पनि हेर्न सक्नेछन् । आईओएसमा टेकपानाको मोबाइल एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् । त्यस्तै एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ १८:२३