close

इन्जिनियरिङ लाइसेन्स परीक्षाको पाठ्यक्रम प्रकाशित, यसरी गर्नुहोस् डाउनलोड

टेकपाना टेकपाना

असोज ६, २०७९ १६:२०

इन्जिनियरिङ लाइसेन्स परीक्षाको पाठ्यक्रम प्रकाशित, यसरी गर्नुहोस् डाउनलोड

काठमाडाैं । नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरिङ लाइसेन्स परीक्षाका लागि पाठ्यक्रमहरु तयार पारेकाे छ ।

एक सूचना जारी गर्दै परिषद्ले यसबारे जानकारी दिएकाे हाे ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलाे संसाेधन २०७९) लागूपछि इन्जिनियर बन्न अब स्नातकनातक तह उत्तीर्णपश्चात परिषद्ले लिने लाइसेन्स परीक्षामा पनि उत्तीर्ण हुनुपर्ने प्रावधान छ ।

प्रावधानबमाेजिम परीक्षा सञ्चालन गर्नका लागि परिषद्ले सफ्टवेयर इन्जिनियरिङ, इन्फर्फमेसन टेक्नाेलाेजी इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ लगायत २१ ओटा इन्जिनियरिङ विषयहरुकाे पाठ्यक्रम प्रकाशन गरेकाे हाे ।

विषयगत  पाठ्यक्रमहरु हेर्न यहाँ क्लिक गर्नुहाेस् । 

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ १६:२८