ट्रेन्डिङ:
एनसेलले ल्यायो इन्डिया भ्वाइस प्याक, ५५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र कस्तो होला सामसङ ग्यालेक्सी एस २३ ? फोनको वालपेपरमा यसरी राख्नुहोस् जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको तस्वीर  नेपाल टेलिकमको ई-सिमबारे जान्नैपर्ने ६ कुरा यसपालीको निर्वाचनमा प्रत्येक मतगणना स्थलमा सीसी क्यामेरा राखिने यसरी पत्ता लगाउनुहाेस् आफ्नो मोबाइलको आईएमईआई नम्बर ट्रान्सपरेन्ट ब्याकग्राउन्डमा फोटो बनाउने तरिकाहरू बन्द भयो ग्लोबल आईएमईको १० वर्ष पुरानो मोबाइल बैंकिङ एप, नयाँ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न आग्रह आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या !
close

एनसेलले ल्यायो इन्डिया भ्वाइस प्याक, ५५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने

टेकपाना टेकपाना

असोज ६, २०७९

एनसेलले ल्यायो इन्डिया भ्वाइस प्याक, ५५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । प्रिपेड र पोस्टपेड दुवै ग्राहकका लागि ल्याइएको यी प्याक शुक्रबार (असोज ७) देखि लागू हुनेछ ।

यसअन्तर्गत भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन, सात दिन वा २८ दिनको समयावधि रहेको प्याक एक्टिभेट गर्न सक्नेछन् ।

एक दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित रु. ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टकटाइम पाउँछन् ।

त्यस्तै सात दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले रु. २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन् । आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टकटाइम रहेको 
भ्वाइस प्याक कर सहित रु ७४९ मा एक्टिभेट गरी भारतमा कल गर्न सक्छन् ।

ग्राहकले *१७११८*७# डायल गरी निर्देशन अनुसार आफ्नो आवश्यकता  अनुरुप  भ्वाइस प्याक प्रयोग गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत भ्वाइस प्याक लिन सक्छन् ।