close

नेपाल टेलिकमले ल्यायो दशैं अफर, अनलिमिटेड डेटादेखि रिचार्जमा बोनससम्म

टेकपाना टेकपाना

असोज ८, २०७९ १६:३६

नेपाल टेलिकमले ल्यायो दशैं अफर, अनलिमिटेड डेटादेखि रिचार्जमा बोनससम्म

काठमाडौं । नेपाल टेलिकमले भोलि आइतबारदेखि लागू हुने गरी विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ ।

यो अफर असोज २३ गतेसम्म उपलब्ध हुनेछ ।

डेटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डेटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डेटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।

त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डेटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ ।

यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डेटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डेटा प्याक उपलब्ध हुनेछ ।

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको छ । उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने जनाइएकाे छ । 

पछिल्लो अध्यावधिक: असोज ८, २०७९ १६:३६