close

उत्कृष्ट ५ नेपाली ट्राभल भ्लगर, भिडियो हेर्दै गर्नुहोस् दशैं बिदाको सदुपयोग

टेकपाना टेकपाना

असोज १७, २०७९ १२:८

उत्कृष्ट ५ नेपाली ट्राभल भ्लगर, भिडियो हेर्दै गर्नुहोस् दशैं बिदाको सदुपयोग

काठमाडौं । यात्रा भन्ने बित्तिकै फुरुङ्ग नहुने मन कसको होला रु विशेषगरी शहरको होहल्ला र कोलाहलबाट टाढा कतै प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँमा यात्रा । प्रकृति यस्तो चिज हो जसलाई नियाल्न पाउँदा मन यसै पनि खुशी हुने, सायद त्यो प्रत्यक्ष होस् वा अप्रत्यक्ष । सबै प्राकृतिक सौन्दर्यले भरिएका ठाउँमा हामी आफै पुग्छौ भन्ने हुँदैन । यस्तोमा कहिलेकाँही टाढाबाट स्क्रिनमा नै हेरेर रमाउनुको पनि आफ्नै मज्जा बेग्लै हुन्छ ।

यो दशैंको छुट्टी सुरु भइसकेको छ । हरेक छुट्टीमा घुम्न जान पाइन्छ नै भन्ने हुँदैन । यदि यो छुट्टीको समयमा तपाईं घरमा नै बस्ने सोचमा हुनुहुन्छ भने युट्युबमा उपलब्ध विभिन्न ट्राभल भ्लगरहरूको भिडिओ हेरेर पनि समय बिताउन सक्नुहुन्छ ।

नेपालभित्रका विभिन्न स्थानहरू घुमेर त्यहाँको प्राकृतिक र सांस्कृतिक महत्त्वलाई झल्काउने केही युट्युब च्यानलहरू छन्, जसलाई हेरेर दशैंको बिदाको सदुपयोग गर्न सक्नुहुन्छ । साथै आफ्नो लागि पनि कुनै यस्तै एउटा यात्राको योजना बनाउने सक्नुहुन्छ ।

पूर्वी ब्लुज

सरल प्रस्तुती र ठाउँहरूको विस्तृत व्याख्या सहितको भिडिओको लागि हेर्नै पर्ने च्यानल हो 'पूर्वी ब्लुज' । पेशाले शिक्षक सचिन न्यौपाने, आफ्ना विद्यार्थीहरूलाई पढाउन देशको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक विवरणहरू पर्याप्त नभएपछि यात्रामा निस्किएका थिए । आफैले हेरेर जानेर बुझाउने उनको यो लगाव बढ्दै गएर आज युट्युबको एउटा राम्रो ट्राभल च्यानलको रुपमा परिणत भएको छ ।

हाल उनको च्यानलको ५ लाख ९१ हजार जना सब्सक्राइबर छन् ।  नेपालका देखिएका नदेखिएका स्थानहरू प्रोत्साहन गर्ने काम यो च्यानलले गरिरहेको छ । यो च्यानलमा देशको भौगोलिक देखि ऐतिहासिक स्थलहरूको विषयमा जानकारी पाउन सकिन्छ । 

घुमन्ते

घुमन्ते अहिले बजारमा निकै चलेको नाम हो । सूचना प्रविधिको क्षेत्रमा लागेका खोटाङका कञ्चन राईको नेतृत्वमा सुरु भएको घुमन्ते च्यानलले देशको तराई देखि हिमालसम्मका हरेक क्षेत्रलाई प्रस्तुत गर्ने काम गर्दै आएको छ । आफूले घुमेका ठाउँहरूलाई सम्झनाका लागि कैद गर्दा सुरु भएको भ्लग घुमन्ते च्यानलको रुपमा परिणत भयो । आज यो च्यानलको करिब २ लाख १२ हजार सब्स्क्राइबर छन् । देशको मनोरम दृश्य र भेषभुषा साथै घुम्न जान सकिने स्थानहरूको भिडिओ हेर्न सकिन्छ ।

नेपाल एथ्ड वन्डर अफ द वल्ड

यदि तपाईंलाई नेपालको बारेमा बनेका उच्च स्तरीय भिडिओहरु हेर्न छ भने यो च्यानल छुटाउनु नै हुँदैन । भिडिओको उच्च स्तरको गुणस्तर, धेरै सिनमेटिक सिनहरु र भोइस ओभरका साथमा यस च्यानलका भिडिओहरु हेर्दा आफू घुमे झैं लाग्दछ । यस च्यानलमा नेपालको सबै भूगोल तथा क्षेत्रहरुको भिडि‌ओ हेर्न पाइन्छ ।

प्रकृतिको नजिक रहेर घुम्न रहर गर्ने मोरङ जिल्लाको पथरी शनिश्चरेका हेमन्त भण्डारीको अग्रसरतामा यो च्यानल सञ्चालन भइरहेको छ । हाल यस च्यानलमा १ लाख १९ हजार सब्सक्राइबर छन् ।

नेपाल ३६०

अहिले बजारमा चर्चामा रहेको अर्को ट्राभल च्यानल हो नेपाल ३६० ९ल्भउबघिटण्० । यो युट्युब च्यानल फेब्रुअरी २०१६ मा श्रीमानरश्रीमतीले सुरु गरेको ट्राभल च्यानल हो। श्रीमान् र श्रीमतीको जोडी सुचन र सचिनले यो च्यानलमा आफूहरू घुम्न गएका रमणिय स्थानहरूको भिडिओहरु पोस्ट गर्ने गर्छन् ।

ललितपुर भक्तपुर लगायतका स्थानहरूको भिडिओबाट सुरु भएको यो च्यानलमा चितवन राष्ट्रिय निकुञ्ज देखि अन्नपुर्ण बेसक्याम्प सम्मका भिडिओहरू छन् । अहिले यो च्यानलको सब्स्क्राइबर ४९,००० मात्र रहेका छन् ।

सिर्जना सिजु

घुम्ने इच्छाले ट्राभल भ्लगर बन्ने पुगेकी सिर्जनाको यो यात्रा सन् २०१९ देखि मात्र सुरु भएको हो । सानैदेखि नदेखिएका ठाउँहरू जान मनराउने सिर्जनाको यो च्यानलमा साच्चै नै उनको मनोरम, आकर्षित साथै जोखिमपूर्ण यात्राहरूको भिडिओहरू पनि हेर्न सकिन्छ । उनी आफू पुगेको स्थानको बारेमा मात्र जानकारी दिदिनन् ।

त्यहाँ कसरी पुग्न सकिन्छ, यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू लगायतका विवरणहरू पनि दिने गर्छिन् । यो च्यानलको हाल ६१ हजार २०० सब्सक्राइबर छन् । 


  

 

पछिल्लो अध्यावधिक: असोज १७, २०७९ १२:१२