close

अब यी आईफोन मोडेलमा ह्वाट्सएप नचल्ने

टेकपाना टेकपाना

असोज २७, २०७९ १२:४९

अब यी आईफोन मोडेलमा ह्वाट्सएप नचल्ने

काठमाडौं । ह्वाट्सएपले अन्ततः आधिकारिक रूपमा आफ्नो एप सपोर्ट नहुने डिभाइसको सूची सार्वजनिक गरेको छ । यस अन्तर्गत मेटाको स्वामित्वमा रहेको ह्वाट्सएप केही पुरानो मोडेलमा सपोर्ट हुने छैन । ह्वाट्सएपले आगामी अक्टोबर २४ (कार्तिक ७) मा ल्याउन लागेको विशेष अपडेटका कारण पुराना मोडेलका आईफोनमा उक्त एप सपोर्ट हुनेछैन ।

ह्वाट्सएप आईफोनका ती डिभाइसमा सपोर्ट हुने छैन, जसमा आईओएस ११ वा त्यसभन्दा पुराना भर्सनमा चलिरहेका छन् । यसको अर्थ ह्वाट्सएप प्रयोग गर्नका लागि आईफोन फाइभ एस डिभाइस भएका प्रयोगकर्ताले नयाँ डिभाइसमा अपग्रेड हुनुपर्नेछ ।

"ती डिभाइसमा पछिल्ला सुरक्षा अपडेट नहुने भएकाले वा ह्वाट्सएप चलाउनका लागि आवश्यक फङ्सनको अभावले उक्त डिभाइसमा एप सपोर्ट हुने छैन," ह्वाट्सएपले आफनो ब्लगपोस्टमा उल्लेख गरेको छ ।

उक्त पोस्टमा पछाडि लेखिएको छ, "अन्य प्रविधि कम्पनी जस्तै हामी पनि हरेक वर्ष कुन डिभाइसमा ह्वाट्सएप सपोर्ट गर्दैन भन्ने कुराको अनुगमन गरिरहेका हुन्छौं । जसले गर्दा पुरानो सफ्टवेयर भएका डिभाइसहरूमा एप सपोर्ट गर्दैन । त्यस्ता डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या पनि न्यून हुने भएकाले त्यति ठूलो समस्या आउँदैन ।"

नयाँ अपडेट आएपछि पुरानो आईफोन डिभाइसमा प्रयोगकर्ता ह्वाट्सएप सपोर्ट नहुने अलर्ट जानेछ । जसमा उक्त डिभाइसलाई पछिल्लो आईओएस भर्सनमा अपडेट गर्न भनिएको हुन्छ ।

यदि उक्त डिभाइसमा पछिल्लो आईओएस भर्सन अपडेट नभएको खण्डमा एप सपोर्ट हुँदैन । आईओएस ११ सन् २०१७ मा सार्वजनिक भएको थियो । जसले ६४-बिटका एप मात्र सपोर्ट गर्थ्यो । उक्त समयमा सो अपरेटिङ सिस्टम सार्वजनिक हुँदा ३२-बिट एपहरू सपोर्ट भएका थिएनन् ।

यदि तपाईँको डिभाइसमा ६४-बिट प्रोसेसर छैन भने तL डिभापसमा ह्वाट्सएप सपोर्ट हुने छैन । उदाहरणका लागि यदि तपाईँसँग आईफोन फाइभ वा आईफोन फाइभ सी छ भने ह्वाट्सएप प्रयोग गर्न नयाँ डिभाइसमा नै अपग्रेड हुनुपर्ने हुन्छ ।

 

पछिल्लो अध्यावधिक: असोज २७, २०७९ १२:५०