close

के होला नेपाल टेलिकमको सिमबाट कल गर्दा सुनिने धुन ?

टेकपाना टेकपाना

कात्तिक १२, २०७९ १८:१

के होला नेपाल टेलिकमको सिमबाट कल गर्दा सुनिने धुन ?

काठमाडौं । अहिले नेपाल टेलिकमकाे सिमबाट कल गर्दा अनौठो धुन सुनिरहेको छ । यो धुन किन सुनिन थाल्यो, यो धुन भएको गीत कुन होला वा कहिलेबाट राख्न थालेको होला भन्ने जिज्ञासा धेरैको हुनसक्छ । आज हामी यसै विषयमा जानकारी दिँदैछौँ ।

नेपाल टेलिकमको नमस्तेको सिमबाट कल गर्दा सुनिने धुन छठ पर्वका लागि बनेको गीतको हो । टेलिकमले कलब्याक टोनमा दशैँको समयमा मालश्री धुन समावेश गरेको थियो । त्यस्तै कलव्याक टोनका लागि तिहारमा दीपावली धुन समावेश गरेको टेलिकमले अहिले मधेश क्षेत्रमा मनाइने पर्व छठको धुन समावेश गरेको छ ।

'छठ में घरे आईं' एल्बमको 'मारबो से सुगवा' बोलको गीत हो । भारतीय चर्चित म्यजिक कम्पनी टी-सिरिज को भक्ति सागर युट्युब च्यानलमा यो गीतको पूरा अंश सुन्न सकिन्छ । आठ वर्षअघि उक्त च्यानलबाट प्रसारित यो संगीत छठको समयमा सर्वाधिक बज्ने गर्छ ।

एनसेलको सिमबाट पनि कल ब्याकटोनका रूपमा यो संगीत समावेश गर्न पहल भइरहेको बुझिएकाे छ ।  

पूरा गीत सुन्नुहोस्

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०७९ १८:२९