close

एनसेलको ६० जीबी डेटा प्याक खरिद गर्दा अन्नपूर्ण होटेलमा विश्वकप हेर्ने अवसर

टेकपाना टेकपाना

मंसिर २४, २०७९ १२:४५

एनसेलको ६० जीबी डेटा प्याक खरिद गर्दा अन्नपूर्ण होटेलमा विश्वकप हेर्ने अवसर

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले जारी विश्वकपलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले पाँच सय ९९ रुपैयाँ पर्ने ६० जीबी डेटा खरिद गर्दा अन्नपूर्ण होटेलमा फिफा विश्वकपको फाइनल म्याच निशुल्क हेर्न‍‍े मौका पाउन सक्नेछन् । सीमित अवधिभित्र यो डेटाप्याक खरिद गर्ने प्रयोगकर्ताले उक्त होटेलमा विश्वकपको फाइनल खेल निःशुल्क हेर्न सक्नेछन् ।

प्याक खरिद गर्नका लागि *१७१२३*३०# टाइप गरेर कल गर्न सकिन्छ । प्याक खरिद गरिसकेपछि नजिकैको एनसेल सेन्टरबाट टिकेट लिनुपर्ने हुन्छ । त्यसपछि काठमाडौँ दरबारमार्गस्थित होटेल अन्नपूर्णमा विश्वकप फुटबलको फाइनल खेलको लाइभ निःशुल्क हेर्न सकिन्छ । 

यो अफर ९ डिसेम्बरदेखि १७ डिसेम्बरसम्म रहेको कम्पनीले जनाएको छ । एनसेलका अनुसार सिट सीमित भएकाले छिटो डेटा प्याक खरिद गर्ने ग्राहकले विश्वकपको लाइभ हेर्न पाउनेछन् ।  

पछिल्लो अध्यावधिक: मंसिर २४, २०७९ १२:४५