close

ट्वीटरमा अब ६० मिनेट लामो भिडिओ अपलोड गर्न सकिने

टेकपाना टेकपाना

पुस ११, २०७९ १०:५

ट्वीटरमा अब ६० मिनेट लामो भिडिओ अपलोड गर्न सकिने

काठमाडौं । अब ब्लु टिक भएको ट्वीटर प्रयोगकर्ताले एक घण्टा लामो भिडिओ अपलोड गर्न पाउने भएका छन् । कम्पनीले सशुल्क प्रयोगकर्ताहरूको लागि यो नयाँ फिचर ल्याएको हो । यो भन्दा अगाडि प्रयोगकर्ताले १० मिनेटसम्मको भिडिओ मात्र अपलोड गर्न पाउने व्यवस्था थियो । 

अब भने ५१२ एमबीको एक घण्टा लामो भिडिओ अपलोड गर्न सकिनेछ भने १०८० पिक्सेलको दुई जीबीसम्मको भिडिओ अपलोड गर्न सकिनेछ । यद्यपि सुरुवाती चरणको लागि भने यो फिचर वेब भर्सनमा मात्र उपलब्ध हुनेछ । एन्ड्रोइड र आईओएसबाट भने १० मिनेटसम्मको भिडिओ मात्र अपलोड गर्न सकिनेछ ।  

यसको साथै ट्वीटरका सुरक्षित फिचरहरूमा पनि सशुल्क प्रयोगकर्ताहरू प्राथमिकतामा पर्ने कम्पनीले एक ट्वीट मार्फत बताएको छ । यी फिचरहरू प्रयोग गर्नको लागि प्रयोगकर्ताले प्रति महिना ८ डलर तिरेर ब्लु टिक खरिद गर्नुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ १०:६