close

आउँदो माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक मेला

टेकपाना टेकपाना

पुस १४, २०७९ १६:१३

आउँदो माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक मेला

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आउँदो माघ २४ गतेदेखि २८औं संस्करणको 'क्यान इन्फोटेक २०२३' हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी गर्ने उद्देश्यले भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा ६ दिने मेला गर्न लागिएको हो ।

यसका लागि चाँडै नै  प्रायोजक एवं स्टल बुकिङ खुलाउने तयारी भइरहेको महासंघका अध्यक्ष रणजित पोदारले जानकारी दिए ।

उनका अनुसार क्यान इन्फोटेकमा सूचना प्रविधिका विभिन्न वस्तु र सेवाको विशेष ब्रान्डिङ हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०७९ १६:४३