close

अमेजनसँग सम्बन्ध विच्छेद गर्नुपर्ने गर्ने बेला आएको स्पेस एक्सका एलोन मस्कको भनाई*

टेकपाना टेकपाना

जेठ २३, २०७७ १४:५८

अमेजनसँग सम्बन्ध विच्छेद गर्नुपर्ने गर्ने बेला आएको स्पेस एक्सका एलोन मस्कको भनाई*

काठमाडौं । टेस्ला कम्पनीका सीईओ एलोन मस्कले बिहीबार ट्वीट गर्दै ‘अमेजनसँग ब्रेकअप गर्ने समय आएको’ लेखेका छन् । अमेजन कम्पनीका सीईओ जेफ बेजोससँग बढ्दो बैमनस्यताबीच मस्कको यस्तो अभिव्यक्ति आएको हो । 

अमेजनका बेजोसले पनि अन्तरिक्ष प्रविधिको क्षेत्रमा लगानी गर्दैछन् । ‘एकाधिकार गलत हो,’ मस्कले बेजोसलाई ट्याग गर्दै लेखेका छन् । आफ्नो व्यवसायको आकार र क्षेत्रलाई अस्वभाविकरुपमा बढाइरहेका कारण बजोसको अमेजन कम्पनीमाथि अहिले संघीय निमायक तथा कानून निर्माताहरुले खोजबिन गरिरहेका छन् । 

वास्तवमा मस्कको ट्वीट एकजना लेखकको ट्वीट पोस्टको प्रतिक्रिया स्वरुप आएको हो । ती लेखकले अमेजनको किण्डलमा प्रकाशित उनको पुस्तक ‘अनरिपोर्टेड ट्रुथ्स अबाउट कोभिड १९ एण्ड द लकडाउन’ मा अमेजनले अनिर्दिष्ट नियमको उल्लंघन गरेको कारण देखाउँदै हटाएको भन्दै ट्वीट गरेका थिए । 

तर अमेजनका प्रवक्ताले उक्त पुस्तक भूलवश हटेको तथा हाल साइटमा रिस्टोर भइसकेको र त्यसबारे लेखकलाई जानकारी समेत दिइसकेको बताएका छन् । 

बेजोसले प्रतिस्पर्धी कम्पनी ब्ल्यू ओरिजिन सुरु गर्नुभन्दा आठ वर्ष अघि नै मस्कले स्पेसएक्सको स्थापना गरेका थिए । साढे तीन करोडभन्दा धेरै फलोअर्स भएका मस्क प्रभावशाली ट्वीटर प्रयोगकर्ता हुन् । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१