close

‘रोटेटिङ स्क्रीन’ भएको स्मार्टफोन सार्वजनिक गर्दै एलजी

टेकपाना टेकपाना

भदौ २०, २०७७ ८:४६

‘रोटेटिङ स्क्रीन’ भएको स्मार्टफोन सार्वजनिक गर्दै एलजी

काठमाडौं । एलजीले बुधबार आफ्नो नयाँ एक्सप्लोरर प्रोजेक्टको सुरुवात गरेको घोषणा गरेको छ । जसले खास किसिमको प्रयोगको अनुभव सहित नयाँ स्मार्टफोन ल्याउने उद्देश्य राखेको छ ।

कम्पनीले एक टीजर भिडियो जारी गरेको छ, जसमा ह्याण्डसेट रोटेटिङ तथा डुअल स्क्रीन देखिन्छ । कम्पनीले बताए अनुसार परियोजनाको मुख्य उद्देश्य प्रयोगकर्ताको स्मार्टफोन अनुभवलाई नै नयाँ स्तरमा लैजानु हो ।

एलजीले आफ्नो युट्युव च्यालनमा ३० सेकेन्ड लामो टीजर भिडियो पोस्ट गरेको छ । जसमा फोनका दुई वटा स्क्रीन घडीको जस्तै गरी घुम्दै अंग्रेजी अक्षर T आकारको डिजाइन बन्न पुग्छ ।

एलजीको यो अनौठो तथ्य गत हप्ता लीक भएको एक भिडियोमार्फत पहिलोपटक बाहिर आएको थियो । हालसम्म कम्पनी यसको स्पेसिफिकेसन बारेमा खासै जानकारी बाहिर ल्याएको छैन ।

यद्यपी आउँदो १४ सेप्टेम्बर साझँ नेपाली समय अनुसार ७ः१५ बजे एलजीको मोबाइल ग्लोबल फेसबुक पेज र युट्युव च्यानलमा भर्चुअल रुपमा यो फोन सार्वजनिक हुने बताइएको छ । एलजीले एक प्रेस विज्ञिप्तिमार्फत नयाँ स्मार्टफोन आफ्नो एक्सप्लोरर प्रोजेक्टको एक हिस्सा हुने बताएको छ ।

कम्पनीले आफ्नो नयाँ फर्म फ्याक्टरका लागि फीचर डेभलप गर्न क्वालकम, रेव, फिक्टो, टुबी र नाइवरसँग मिलेर संयुक्तरुपमा काम गरिरहेको छ । रिपोर्टहरुमा दाबी गरिएका विषयहरुलाई आधार मान्ने हो भने यसमा यस्तो तरिका हुनेछ, जसमा प्रयोगकर्ताले एक समयमा एउटा कन्टेन्ट ठाडो रुपमा र अर्को कन्टेन्ट तेर्छो रुपमा हेर्न सक्नेछन् ।

लीक रिपोर्टका अनुसार फोनमा ६.८ इञ्चको डिस्प्ले हुनेछ भने दोस्रो डिस्प्ले चार इञ्चको हुनेछ । एलजीले यो फोन एक हजार डलर अर्थात एक लाख २० हजार नेपाली रुपैयाँ मूल्यमा सार्वजनिक गर्ने संभावना छ ।

सँगसँगै यसमा एलजी भेल्भेटकै समान केही अन्य स्पेसिफिकेसन समेत रहनेछन्, जसमा तीन वटा रियर क्यामेरा र स्नापड्रागन १६५ प्रोसेसर हुनेछ । कम्पनीले आफ्नो विज्ञप्तिमा एक्सप्लोरर प्रोजेक्टको रुपमा नयाँ लाइनअपको स्फेसिफिकेसन सहित भेल्भेट समेत फरक स्वरुपमा आउने बताएको छ।

केही समय अघि एलजी जी एट एक्स थिन क्यू र भी सिक्स्टी मोडेलमा डिटेचेवल डुअल स्क्रीनका साथ डुअल स्क्रीन भएका अन्य फोनलाई चुनौती दिन बजारमा आइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०