close

माइक्रोसफ्ट ३६५ सम्बन्धी डेभलपर बुटक्याम्प हुँदै, नि:शुल्क सहभागी हुन सकिने

टेकपाना टेकपाना

कात्तिक २७, २०७७ १४:६

माइक्रोसफ्ट ३६५ सम्बन्धी डेभलपर बुटक्याम्प हुँदै, नि:शुल्क सहभागी हुन सकिने

काठमाडौं । हाल विश्वप्यापी रूपमा माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प भइरहेको छ । यसैबीच नेपाल क्लाउड प्रोफेसनल कम्युनिटीले माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प काठमाडौं गर्ने भएको छ ।

बुटक्याम्पमा माइक्राेसफ्ट ३६५ मा समावेश भएका प्रविधि र प्रडक्टका बारेमा छलफल हुने नेपाल क्लाउड प्राेफेसनल कम्युनिटटीका अध्यक्ष एवं माइक्राेसफ्ट एमभीपी प्रदिप कंडेलले बताए । नाेभेम्बर २१ (मंसिर ६) मा हुने याे बुटक्याम्पमा नि:शुल्क सहभागी हुन सकिने जानकारी उनले दिए ।

याे वर्षकाे बुटक्याम्प विश्वका विभिन्न देशमा अक्टुबर १ देखि डिसेम्बर १५ सम्म माइक्राेसफ्ट ३६५ सम्बन्धी विभिन्न अवसर, प्रविधिकाे प्रयाेगका बारेमा छलफल गरी आयोजना हुँदै छ । माइक्राेसफ्टकाे सहयाेगमा माइक्रासेफ्ट एमभीपी र कम्युनिटीहरूकाे अग्रसरतामा यस्ताे बुटक्याम्प हुने गर्दछ ।

बुटक्याम्पमा माइक्राेसफ्ट ३६५ अन्तर्गतका माइक्राेसफ्ट ग्राफ, शेयर प्वाइन्ट फ्रेमवर्क, माइक्राेसफ्ट टिम्स, अफिस एड-इन्स, कनेक्टर्स, एक्सनेबल म्यासेज लगायतका विषयमा सिक्न चाहने जाेसुकै सहभागी हुन सक्नेछन् ।

बुटक्याम्पमा सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०