close

अनौठो ल्यापटप ल्याउँदै एलजी, किबोर्ड र स्क्रिन सानो-ठूलो बनाउन सकिने

टेकपाना टेकपाना

मंसिर ७, २०७७ १०:३

अनौठो ल्यापटप ल्याउँदै एलजी, किबोर्ड र स्क्रिन सानो-ठूलो बनाउन सकिने

काठमाडौं । दक्षिण कोरियन कम्पनी एलजी रोलेबल ल्यापटप सार्वजनिक गर्ने तयारीमा छ । हालै आएका खबरहरु अनुसार एलजीले रोलेबल अर्थात स्क्रिन सानो ठूलो बनाउन सकिने ल्यापटपका लागि पेटेन्ट दर्ता गराएको छ ।

जसको स्क्रिन साइज १७ इन्चको रहेको छ । तर यसलाई रोल अर्थात बेरेर १३.३ इन्चको बनाउन सकिन्छ । यतिसम्म कि एलजीको यो अपकमिङ रोलेबल ल्यापटपको किबोर्ड समेत बेर्न सकिनेछ अर्थात यसलाई पनि सानो ठूलो पार्न सकिनेछ ।

एलजी पछिल्लो समय रोलेबल डिस्प्ले भएको ल्यापटप, टेलिभिजन तथा स्मार्टफोनको विकास गर्ने कोसिसमा जुटेको छ । कम्पनीले केही अघि मात्र दक्षिण कोरियाबाट आफ्नो रोलेबल टेलिभिजन बिक्री सुरु गरेको छ ।

जसको मूल्य निकै महंगो रहेको छ । त्यसो त एलजीले यस अघि नै फोल्डेबल स्मार्टफोन समेत सार्वजनिक गरिसकेको छ र कम्पनी अहिले फोल्डेबल ल्यापटपमा समेत काम गरिरहेको छ ।

एलजीको यो ल्यापटप सार्वजनिक भएपश्चात त्यस्ता व्यक्तिहरुलाई सहज हुनेछ, जो ठूला स्क्रिन भएका ल्यापटपमा काम गर्न रुचाउँछन् र आवश्यकता पर्दा त्यसलाई मोडेर सानो आकारमा सीमित पारेर सहजै झोलामा राख्न चाहन्छन् ।

कस्तो होला नयाँ ल्यापटप ?

रुट माई ग्यालेक्सीको रिपोर्ट अनुसार एलजीले जुन रोलेबल ल्यापटपका लागि पेटेन्ट दर्ता गराएको छ, त्यो अनरोल हुँदाको समयमा साउन्डबार जस्तो देखिन्छ । स्क्रिनको साइडमा पावर बटन हुनसक्छ । यो ल्यापटपलाई रोल गर्दा यसको वेबक्याम लुक्न पुग्छ ।

मानिन्छ कि यो ल्यापटपको टचप्याड र किबोर्डलाई मोडेर आधा आकारमा सीमित गर्न सकिन्छ । एलजीको यो ल्यापटप केवल कन्सेप्ट प्रडक्ट हुनेछ वा व्यवसायिक रुपमा बजारमा आउनेछ भन्ने कुरा पक्कै पनि आउँदो समयमा थाहा हुनेनै छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०