close

भिभो भी सिरिजका दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

बैशाख २४, २०८० १७:३८

भिभो भी सिरिजका दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा भिभो भी सिरिज अन्तर्गतका दुई नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक भएको छ । कम्पनीले भी सिरिज अन्तर्गतको ‘भी २७ फाइभजी’ र ‘भी २७ ई’ स्मार्टफोन सार्वजनिक गर्दै यसका लागि प्रिबुकिङ पनि खुलाएको हो । 

ग्राहकले ३,००० रुपैयाँ तिरेर वैशाख २५ देखि ३१ गतेसम्म यी फोनको प्रि बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । भी २७ फाइभजीको प्रि-बुकिङमा भिभो टीडब्लुएस एयर र भी २७ ई को प्रि बुकिङमा नोइज लर फिट ग्राण्ड स्मार्टवाच सित्तैमा पाउन सकिनेछ ।  

कम्पनीका अनुसार यी दुवै फोन ५० प्रतिशत चार्ज हुन १९ मिनेट लाग्छ । यी दुवै स्मार्टफोनमा ४६०० एमएएच ब्याट्री सहित ६६ वाटको फ्ल्यास चार्जको सुविधा दिइएको छ । दुवै फोनको ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्ट जेठ १ बाट देशभरका सबै रिटेल स्टोर र ई-कर्मस प्लेटफर्ममा उपलब्ध हुने कम्पनीले बताएको छ ।

भी २७ फाइभजी

यो फोन भिभोको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्क्रिन भएको फोन हो । यसमा पोर्ट्रेट फोटोग्राफीका लागि औरा लाइट पोर्ट्रेट फिचर उपलब्ध गराइएको छ जसले प्रयोगकर्ताको फोटोग्राफी अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीको भनाइ छ ।

यसमा ५० मेगापिक्सेलको अल्ट्रासेन्सिङ मूख्य क्यामेरा र ५० मेगापिक्सेलको अटोफोकस सेल्फी क्यामेरा दिइएको छ । यी दुवै क्यामेरामा सोनी आईएमएक्स ७६६ भी सेन्सर रहेको छ ।  यसले गर्दा रातको समयमा पनि राम्रो फोटो खिच्न सकिने कम्पनीले बताएको छ ।

यसमा ४ एनएमको मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ । यो फोन म्याजिक ब्लू र नोबेल ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ५८ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

भी २७ ई

यो फोनमा १२० हर्जको एमोलेड डिस्प्ले उपलब्ध छ । मिडियाटेक हेलियो जी ९९ प्रोसेसर भएको यो फोनमा ओआईएस अल्ट्रा सेन्सिङको ६४ मेगापिक्सेलको मूख्य क्यामेरा छ । त्यस्तै ३२ मेगापिक्सेलको एचडी सेल्फी क्यामेरा रहेको छ । यो फोन ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८० १७:३८