close

इन्टरनेट नहुँदा पनि मेसेज पठाउन सकिने फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

पुस २४, २०७९ १४:४

इन्टरनेट नहुँदा पनि मेसेज पठाउन सकिने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले इन्टरनेट ब्ल्याकआउट (इन्टरनेट अबरुद्ध) भएको अवस्थामा पनि मेसेज आदान प्रदान गर्न सकिने फिचर उपलब्ध गराउने भएको छ । कम्पनीले प्रयोगकर्तालाई प्रोक्सी सर्भरमार्फत कनेक्ट गराएर मेसेज आदान प्रदान नियमित गराउने तयारी गरेको हो ।

विश्वका कतिपय देशमा राजनितिक, प्राविधिक, सामाजिक लगायतका विभिन्न कारणले इन्टरनेट ब्ल्याकआट हुने गरेको छ । यसअघि इरानमा सरकारले पूर्ण रुपमा इन्टरनेट बन्द गराएको थियो । 

इन्टरनेट ब्ल्याकआउट भएको अवस्थामा समेत प्रयोगकर्ताले आफ्नो बिचार आदानप्रदान गर्न पाउनु मानव अधिकार भएकाले यो सुविधा उपलब्ध गराउन लागिएको कम्पनीको भनाइ छ । 

यसका लागि कम्पनीले विश्व समुदायलाई स्वयंसेवकको रुपमा काम गर्न समेत आग्रह गरेको छ । साथै, यो प्रकारको मेसेजिङ प्रणाली प्रयोगका लागि आवश्यक सिकाई समेत उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ । 

प्रोक्सी सर्भरमार्फत कनेक्ट हुँदा समेत इन्टरनेट कनेक्सनमा जस्तै सुरक्षित कुराकानी गर्न सकिने कम्पनीको दाबी छ ।

प्रोक्सीमार्फत हुने कुराकानी पनि इन्ड–टु–इन्ट इन्क्रिप्सनमा नै आधारित हुने कम्पनीको भनाइ छ । यसको अर्थ तपाईंले पठाएको मेसेज कुनै सर्भरमा सेभ नभइ तपाईँ र प्राप्त गर्ने व्यक्तिको बिचमा मात्रै सीमित हुनेछ ।


 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ १४:४३